Posted by: futyakarma August 29, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
हैन यो काममा पनि अल्छी लागो सुक्रबार भर होकी अनि फेरी मित्र हरुको कमेन्ट पढेर मलाई पनि केहि लेखौ लेखौ लाग्यो | गोर्खे साथीले खै के बुझ्नु भो कुन्नि यसरि सम्पूर्ण दोष ब्राह्मण हरुलाई थोपर्न नहुने | सायद धार्मिक ज्ञानको कमि होकी (नो वोफेंस है मित्र)? निलाषा दिदि (बहिनि पनि हुन सक्ला) लाई साएद थाहा भएन कि के हो, तालि एउटा हातले मात्र बज्दैन भन्ने कुरा | केटो मुला एक्लै ले जत्ति सुकै चाहोस अर्की केटिले साथ दियिन भने केहि लछारपाटो लाग्दैन | तसर्थ परस्त्री गमन को जुन दोसारोपण पुरुष माथि गर्नु भाको छ, तेस्मा नारि बर्गको पनि तेत्तिनै हात छ भन्दा फरक नपर्ला (तेसैले त नारि पुरुष समान छन्) | धर्म ग्रन्थ मै जाने हो भने पनि संसारलाई नै थाहा छ सतीदेवी मरेर महादेव पागल हुदा स्त्रीहरु यौन भोक मेटाउन पछी लागेका (हैन र? यहा महादेव को त खै केहि गल्ति देख्दिन) |

रह्यो बराबरी र अमेरिकाँको कल्चर को कुरा | म पनि अमेरिका बसेको करिब १० वर्ष हुन लाग्यो | यो १० वर्षमा एउटा कुरा चाहि अमेरिकन हरुको के थाहा पाए भने मेजोरिटी अमेरिकानहरु को लागि अमेरिका नै संसार हो | भानिन्छ नि कुवाको भ्यागुत्ता |

तेस्रो कुरा चाहि १०० मा १० प्रतिसत होलान महिला सोषण गर्ने यो कुरामा तर यो कुरा सबैलाई विश्वास लाग्ला लौ अब देखि तीज नमनाउने भन्दा मनाउनु पर्छ भनेर नारा लगाउने महिला नै हुनेछन |

गोर्खे साथी केहि ब्रामणले गल्ति गरे भन्दैमा सम्पूर्ण समाजमाथि खंनिनु जायज नहोला कि? खोज्ने नै हो भने, अरु जात जाति पनि चोखा त पक्कै छैनन् |

र अन्तिममा महादेव ले सतीदेवीलाई एकदमै माया गर्थे भन्ने कुरा सर्बबिधित नै छ | अनि मलाई आडम्बरी भन्नु भन्दा पहिला नै भनि हालौ म मेरो बुडी लाई खुट्टाको पानि खाना दिन्न र सकेको काम घरमा पनि गर्छु |

अमेरिकन संस्कार लाई हाम्रोसंग तुलना नगरेकै राम्रो कि ? पुरुष मात्र हैन अमेरिका आएर काचुली फेर्ने महिला मित्र हरु मैले धेरैनै देखेको छु | हामि महिला पुरुष सबै कुरामा बराबरी छौ निलु सिस्टर |

अस्तु
Read Full Discussion Thread for this article