Posted by: nepalilaure August 29, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
गेड़े सोल्टी , तपाईको कमेन्टको लागि मैले अर्को थ्रेडमा अल्लि धार्मिक प्रकृतिको कमेन्ट गरेको छु , यहाँ चै अल्लि मार्मिक कमेन्ट हानु है |

हाम्री निलाषा सिस्टर ( अब आफु त -यो संसारमा दुइ जनालाई बाहेक सबैलाई सिस्टर भन्ने मान्छे परियो ;) ) ले भनेको - पुरुषले महिलालाई सम्मान हुने कुरो गर्दैनन् भन्ने कुरो चै अल्लि अतिरन्जित हो जस्तो लाग्यो | मैले कतिपय पुरुस देखेको छु जसले -घर भित्र मज्जाले बुढीलाई सघाउचन| भाडा माझेर, पकाएर आदि गरेर | तर बाहिर अरुको अगाडी देखौन चाहदैनन् |....कारण के हो भन्ने कुरो सबैलाई थाहा छ |

अनि केहि मित्रहरुले संस्कृतिको बिरोधमा कनि-कनि जोड लगाएको देखेर अलिकति असजिलो महसुस भयो | मान्छेहरुलाई आ-आफ्नो तरिकाले चाड पर्ब मनाएको लाइ समानताको बाधक भयो भन्दा अल्लि बढी हुन्छ कि | नारीको पनि शिक्ष्यकोको स्तर बढ्दै छ , येदि येस्तै कुराले समानता मा बाधा पुराएको रैछ भने बिस्तारै हट्दै जान्छ |
Read Full Discussion Thread for this article