Posted by: Aamalaa August 29, 2014
खुट्टा खाने कि खुट्टाको पानी
Login in to Rate this Post:     0       ?        
निलासा जी को अघिल्लो थ्रेड मा यो लेखेको थिएँ तर छुट्टै थ्रेड बनाउन मन लाग्यो किनकि हरेक तीजमा यो प्रश्न उठ्छ | बिशेस गरि तीज मनौनुहुने दिदि बहिनि , अनि हस्बेन्द जी हरुले पनि आफ्नो अनुभव यहाँ राख्नु भयो भने हामीलाई सजिलो हुनेथियो के गर्नुपर्छ आफ्नो पालोमा भनेर |

कुरो र कुलो जता लैजान पनि सकिन्छ रे, तेसैले देखेको कुरो मात्रै लेख्दैछु तीजको बारेमा |

हिजो एक जना मिल्ने दाइको मा गएको थिएँ | भाउजु तीजको ब्रत सकी दाइको पुजा गर्दै हुनुहुन्थ्यो | खुट्टाको पानी खाने बेला आयो, दाइले कति कर गर्नु भयो पर्दैन भनेर भाउजु मान्ने नै होइन, यो खुट्टाको पानी नखाए म केहि पनि खादिन भन्नुभयो ? दाई भाउजुको लप म्यारिज , एकदम माया गर्ने एक –अर्कालाई | दुबैले काम गर्ने अफिसमा | एउटाले खाना बनाए अर्कोले माझ्ने | बुझ्नुष न अब के भन्न खोजेको | आखिरमा दाइले बाध्य भएर खुट्टा साबुन पानीले धोएर आउनुभो अनि भाउजुले तिन पटक पानी खानुभयो, दाइको खुट्टाबाट | म हेरेको हेरेकै भएँ | बार्दलीमा चुरोट तान्ने बेलामा मैले दाइलाई सोधें यो बारेमा | उहाँको उत्तर जस्ताको तस्तै , “हेर् गेड़े तैले यो कुरा बुझ्दैनस, माया गर्ने नेपाली केटि पाइश भने चाही बुझ्लास , अनि मैले सोध्छु तलाई तेतिखेर | उनीहरुले बर्षमा एकपटक खुट्टाको पानी खालान तर हामीले कम्तिमा महिनाको एक पटक उनीहरुको खुट्टै खान्छ्म नि !!!!!” | म त लाजले धन्नई मरेको बाई |


Read Full Discussion Thread for this article