Posted by: Rahuldai August 27, 2014
kasto j payo tehi article...
Login in to Rate this Post:     1       ?         Liked by
म भोलाजी को लेखलाई दुइ-तीन उक्तिमा कहन्छु |
१. फूलको आँखामा फूलै संसार , काँडाको आँखामा काँडा नै संसार
२. कुवाको भ्यागुतो
३. अमिलो अंगुर

उहाँले आफ्नो वरिपरि जे देख्नु भयो त्यै लेख्नु भयो | कुवाको भ्यागुतोको लागि भूगोल भनेको नै कुवा हो | कागज पत्र न भएका वा भएर पनि उचित शिक्षा दीक्षा न लिएका कतिपयको लागि काँडा नै संसार छ | कागज पत्र नभएका एकै कोठामा ७ जना बस्ने बीर नेपालीले पीएचडी धारी भन्दा बढी कमाई नेपालमा महल ठड्याएको आफैले देखको छु | राम्रो जागिर भएका र सफल ब्यबसायीहरुको त कुरै नगरम , यहाँले सम्भवत कसैलाई भेट्नु भएन वा भेटेर पनि अमिलो अंगुर को झुसिलो डकार डकार्नु भएको हो , उहाँले नै जानुन |

परदेशमा देशको शिर उँचो राख्ने धेरै सपूतहरु छन् | देश संग संगै दुख्ने धेरै मुटुहरु छन् | देशको कुना काप्चामा उज्यालो छर्ने धेरै हातहरु छन् | यी सबै उहाँको आँखाले देख्नु भएको छैन , किन कि काँडाको आँखामा काँडा नै संसार |
अस्तु !!
Read Full Discussion Thread for this article