Posted by: YoTaBhayanaNiSom August 13, 2014
संसद भवन भित्र सभामुख र कमल थापाबीच भनाभन
Login in to Rate this Post:     0       ?        
नेपाली लाहुरे विद्वान मित्र (हेहे, हुन त विद्वान र बिशेष गरेर स्वयम् घोषित विद्वानहरु देखेर कहिले काही मेरो कन्चट तात्ने गरेको यथार्थ कसै बाट लुकेको छैन):
मित्र ज्ञाने र ज्ञाने का हनुमान प्रति मेरो सोचाईको बिल्कुलै सहि मुल्यांकन गर्नु भएकोमा आभारी छु| यस्तो भन्दैमा कुनै पनि नेपाली राजनीतिक पार्टी प्रति मेरो आस्था छैन| मेरा अरु टिप्पणीहरु पढ्नु भयो भने माओबादी, काँग्रेस, एमाले, तराइका भातेहरु प्रति पनि मेरो रोष उत्तिक्कै झल्किन्छ| जसले राम्रो काम गर्यो त्यसलाई सपोर्ट गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो| बाउबाजे कांग्रेसको या कुनै पार्टीको समर्थक भएकै भरमा उनीहरुले बदमासी गरेपनि तारिफ गर्ने परिपाटीको हामि घोर भत्सर्ना गर्छु| आज कमल थापाले बहेरा देखाएकोमा त्यस प्रति झानाक्कै भाको मात्रै हो, नत्र नेपालमा इज्जतदार राजनीतिज्ञको खडेरी चाही प्राचिन काल देखि नै चल्दै आएको हो| अन्त्यमा उही हो: हाम्रो पारस हाम्रो चरस, प्राण भन्दा प्यारो छ|

जहाँ सम्म भतुवा चरीको कुरा छ, मेरो अर्को धागोमा गरिएको "कु" तर्कले कानुनी राज्यको खिल्ली उडाउछ भन्ने कुरामा मतैक्य छ| तर जुन देशमा कानुनका रक्षक हुनु पर्ने जनप्रतिनिधि नै यस्ता गुण्डा, बलात्कारी र तस्करको संरक्षणमा लिप्त छ भने गर्ने के त? मेरा स्वयम् घोषित विद्वान मित्र नेपाली लाहुरे ज्युले जस्तै कानुनि राज्यको वकालत गर्न त साह्रै सजिलो छ नि| यस्तो कानुनि राज्य नचाहने को होला र? तर हाम्रो देश को जस्तो परिप्रेक्षमा प्रहरीले के गरुन त? त्यहि फटाहा चरी जस्ता हरुलाई सलाम ठोक्दै बस्ने बाहेक? के कानुनु राज्य भनेको गुण्डालाई पुलिसले सलाम ठोक्नु हो त? हाहा| सोचनिया छ विद्वान मित्र|
Read Full Discussion Thread for this article