Posted by: nepalilaure August 13, 2014
संसद भवन भित्र सभामुख र कमल थापाबीच भनाभन
Login in to Rate this Post:     0       ?        
ओहो सोम सब ठिक छ ? ,

सोम मण्डले बिरोधि भावना बाट अलि बढी नै ग्रसित भए जस्तो छ | गरम बातावरण सबै देखेकै छन् विडियो मा , तर तेस्लाई पूर्व मण्डले र पूर्व राजाको समर्थक भएको कुरा संग जोडेर हेर्नु चै अल्लि बढी नै हुन्छ | सभामुख को अगाडी नारा लगाउने, रोस्ट्रम घेराउ गर्ने जस्ता कुरा संसद मा हुने नौला कुरा होइनन भन्ने सोम जस्तो विद्वान मित्र (हा हा ..यो चै अदालत मा बिपक्ष्यी वोकिल लाइ सम्बोधन गर्ने सब्द है , फेरि 'म विद्वान हु भनेर तैले कसरि थाहा पयिस थ्यसने " भन्नु होला ) लाइ थाहा हुनु पर्ने होइन र | अनि तेस्तो अवस्थामा मर्यादा पालक लाइन लागेर उभिने पनि सामान्य नै हो , तेती पनि गरेनन भने त तिनको त्यो बडेमानको भुडी को के काम |

अनि अर्को थ्रेड मा सोमले गरेको कमेन्ट पनि येही गरु है , त्यो कता पुग्यो | त्यहाँ पनि सोम ले गजबको कुरो गरेको छ | "के गर्नु पुलिस ले समात्छ, नेताले छुटाउछ -बरु गोलि ठोकेर खतम गर्दियो चरीलाई , एकदम ठिक गर्यो " भन्नु भाको रैछ | त्यो त सिधै तानासाही भयो नि मित्र | तेस्तै हो भने त "कुनै ज्यान मुद्दा को आरोपित लाइ अदालतले प्रमाणको अभाबमा रिहा गर्दियो (अब साचिकै प्रमाण नभएको हो कि , न्यायाधिस ले गडबड गरेर प्रमाण नदेखेको हो भन्ने कुरा अर्कै भयो , तर सामान्यता न्यायालय स्वतन्त्र छ भन्ने विश्वास हो ), अनि मर्नेको आफन्तले फैसला आफ्नो पक्ष्यमा आएन, आफुले आरोप लगाएको मान्छेलाई अदालत ले रिहा गर्दियो , बरु म नै सफाया गर्दिन्छु " भने जस्तै भयो | अझ चरीको केसमा त सरकारी/पुलिस ले मरेकोले सिधै मनाबधिकार हनन भएको छ |

अब नेताले गुन्डालाइ छुताउचन, तेसपछि पुलिसले नमरेरा के गर्ने भन्ने जस्ता काइते कुरा गर्ने हो भने कसैले पनि विवाद गर्न सक्दैन | तर कानुनी राज्यमा जथाभाबी पुलिसले /राज्यले मान्छे मार्दै हिड्ने हो भने , कानुन नै किन चाहियो र |
Read Full Discussion Thread for this article