Posted by: magorkhe1 August 10, 2014
MODI-fying Nepal
Login in to Rate this Post:     1       ?         Liked by
भारतको सहयोगी नीति अनि नेपालको अन्तरिक मामलामा हस्तछेप कम हुनु हाम्रो लागि शुभ सूचक कुरा हुन् |1 बिलियन ऋण सहयोगले मात्र नेपालको कायाकल्प हुने वाला छैन |
आज सम्म नेपालले पाएको सहयोग को बर्तमान मुद्र मूल्य राजा महेन्द्र देखि २०१३ सम्म को हिसाब गरेका छौ ? हामि भस्मासुर हौ. जहा छोयो तेही नास हुने ?
नगदी सहयॉग दिएर भएन भनि बनाइदिएका उद्योग धन्दाहरु के के भए ? सुनेको उदयपुर सिमेन्ट कारखाना राम्ररी चलिरहेको थियो : भारतीय सिमेन्ट कम्पनीले करोडौ घुस ख्वाए अनि बिग्रिएको अवस्था देखाई बन्द गर्ने अबस्थामा पुर्याए | हवाई यातायात , हरियो बस कर्मचारी करोडपति बस ठण्डा राम ! के के को नाम दिऊ ?

बिलियन पाउदैमा आफै केहि हुँदैन : के हाम्रा योजनाकारले समय सापेक्षको योजना बनाऊँन सक्छन ? के हामी संग बिल्लियाँन डलर हाइड्रो बनाउने प्राबिधिकहरु छन् ? यो कथा सबैले सुन्नु भएको होला | एउटा आमाले अपांग छोरीलाई बाचुन्जेल स्याहार सुसार गरिन | आमा स्वर्ग बास पछि २- ४ दिन छिमेकीले हेरे ,सधै आमा जस्तो भएन | बिस्तारै आफै जमर्को गर्न लागिन. बाच्ने इच्छा शक्ति संगै घिस्रीन सुरु गरिन र पछि स्वाबलम्बी हुन् सकेको कथाले के पुस्ठि गर्छ भने हामि पनि स्वाबलम्बी बन्ने दिशा तिर कहिले लाग्ने ?

के अर्थकै कमिको करणले देश पछाडी परेको हो ?
हामि संग छयास छ्यास्ती पैसा छ : बार्षिक ४०० अरब रुपैंया रेमिट्यान्स भित्य्राउछौ |
२०-३० सरकारी बण्ड बेचेर पनि बिद्युत योजना सुरु गर्न सकिन्थ्यो |
युबा जनता बिदेसगएका छन्, के हामि संग चाहिदो म्यानपावर छ ? इट्टा गारो लगाउने देखि ........................... आदि इत्यादि गर्न मान्छे भेट्टिदैन तर बेरोजगारी को संख्या धेरै छ | खेतीपाती गर्ने को सख्या पनि कम भै सक्यो |
हामि नेपालि अल्छी छौ अरुले गरिदेला र खाउला भन्ने साढेको पछाडी लागेको स्याल जस्तै |
Read Full Discussion Thread for this article