Posted by: aaitey July 30, 2014
visa stamping in kathmandu
Login in to Rate this Post:     0       ?        
यदी हजुरको h1 भएको १ बर्ष पुरा भईसकेको छ, र हजुरले कम्पनी परिवर्तन गर्नु भएको छैन भने, हजुरको जानकारी पहिल्यै नि हुन पर्ने डाटाबेसमा गईसकेको हुन्छ। (मैले त्यो डाटाबेसको नाम बिर्से)

सामान्यतया h1 भएको ६ महिनामा त्यो डाटाबेस अपडेट भईसकेको हुन्छ, यदी हजुरको कम्पनी लेजिट हो, र ब्ल्याकलिस्टेड छैन भने २-३ महिना लाग्नु पर्ने कुनै कारण मैले देख्दिन।

h1 हुने बित्तिकै नेपाल जानेहरुको हकमा त्यति समय लाग्नु सामान्य जस्तै हो, फेरी पनि जानु अघि त्यो डाटाबेस चेक गर्न मिल्छ। यदि हजुरको जानकारी हालेको छैन भने, जानु अघि नै हाल्न लगाउन सक्नु हुन्छ।

हजुरले गुगल गरेर खोज्नु भयो भने त्यो सम्बन्धि जानकारी भेट्न सक्नु हुन्छ। त्यो डाटाबेसको नाम मैले बिर्से, गुगल गर्दा भेट्न सकिन, यदी हजुरको जानकारी त्यो डाटाबेसमा नभए, Administrative Process भनेर लामो समय झुलाउन सक्छ।

शुभ यात्रा।
Read Full Discussion Thread for this article