Posted by: Rahuldai July 30, 2014
जेल यात्रा
Login in to Rate this Post:     11       ?         Liked by
जेल यात्रा 

त्यसो त पंचायतकालमा प्रतिबन्धित झण्डा मुनि बसेर भाषण नगरेको पनि होइन, बिद्यार्थी राजनीतिमा जानी न जानी न होमिएको पनि हैन, पंचायत बिरोधी आम सभा, जुलुस हुलुसमा न लागेको  पनि हैन तर पनि कहिलेइ न पुलिसको फन्दामा परियो न कहिलेइ डण्डा खाइयो | सधैं पुलिस प्रशासनबाट बचेर हिडियो| २०४६  सालको पहिलो जन आन्दोलनमा पक्राउ पुर्जी जारी भै घरमा खोजि गर्दा नि पुलिसले भेटाउन सकेन | नेता बन्ने रहर थिएन र थाना जेल जाने कहिलेइ लहड चलेन | तर ........

तर एक दिन मेरो गज्जबको जेल यात्रा भयो | कुनै अपराध गरेर वा बदमासी गरेर चाहि हैन नि फेरी | बदमासी गर्ने भए नेता बनी हाल्थें नि, मखुला ?? 

प्रजातन्त्र पुनर्स्थापनाको लगत्तै भएको स्थानीय निर्वाचन पछी  नगरपालिकामा जागिर मिल्यो | मेयर साहेबको ख्याती देश विदेशमा यति थियो कि  हरेक दिन  कुनै न कुनै राजदूत र कार्यालय प्रमुखहरुको ताँती लाग्थ्यो | कतै बाट हुन नसकेको काम मेयर साहेब मार्फत हुन सक्ने अन्तिम आशा हुने गर्थ्यो | अहिले यी कुराहरु सुनाउँदा दन्त्य कथा झैँ लाग्न सक्ला | सत्य यही थियो, कुनै लोभ लालचमा न फसेका ब्यबहारिक  र  राजनैतिक रुपमा इमान्दार कोही नेता थियो भने मेयर साहेब नै थियो | अहिले उहाँ गुमनाम हुनु भएको छ , शहरको ४५ लाख मान्छेको भीड भित्र अन्जान  हुनु भएको छ | 

डिल्लीबजार चारखाल अड्डा भित्र चार खाल खोर नामले परिचित "जेल " अद्यापी छदै छ | हो त्यै जेलका जेलर साहेबले जीर्ण जेलको  मर्मत सम्भार गर्ने प्रयास गर्नु भएको र कतैबाट सहयोग न पाए पछी  अन्तमा मेयर साहेबलाई भेट्न आउनु भएको रहेछ | जिन्दगीको उर्बर समयमा दसौं बर्ष जेल नेल भोग्नु भएका मेयर साहेबले तत्काल सहयोग गर्ने वचन दिनु भए छ र त्यसको लागि आबश्यक प्राबिधिक तथा प्राशानिक कार्यको थालनी गर्नको लागि मलाइ बोलाउनु भयो | 

जेलको निरीक्षण नगरी मर्मत सम्भार सुधारको थालनी हुन सक्दैनथ्यो, त्यही भएर जेलर साहेबले सके भोली नै जेल भ्रमणमा आउन आग्रह गर्नु भयो र मेयर साहेबले पनि भोलि फस्ट आवर मै चारखाल गएर  साँझ सम्म प्रतिबेदन पेश गर्न भन्नु भयो | 

बिहान साढे दस न बज्दै जेल आउछु भने  अनुसार साढे दस नपुग्दै जेल पुगियो | जेलर साहेब दङ्ग | महिनौ प्रयास गर्दा सिन्को न भाँचिएको काम १ दिन मै हुने भयो भनेर होला कि ? जेलर गृह मन्त्रालयबाट खटिने अधिकृत हुने र सुरक्षाको जिम्मा मात्र प्रहरीको हुने रहेछ | हिन्दी सिनेमामा जस्तो पुलिस नै जेलर हुने ब्यबस्था नेपालमा रहेन छ | जेलर साहेब, इन्स्पेक्टर साहेब सहितको टोलीले जेलको जीर्ण भाग र गर्नु पर्ने सुधारहरु बारे ब्रिफिंग गर्न जेल घुमाउने भए | सबै जना पहिले महिला सेल तिर लाग्यौं | 

महिला सेल पुग्ने बित्तिकै  राम राम राम.... गालीको बौछार सुरु भयो | महिला कैदीहरु बाफ रे बाफ ..... जेलर पुलिस् देखि निकै रुष्ट भाको प्रष्ट थियो | आमा चकारी गाली त मुखैमा | हुन त केही बाहेक प्राय अपराध गरेकै कारणले वा अपराधी आचरणले जेल परेका हुन्  तिनीहरु |  

जेल भित्र सौचालयको संख्या जम्मा २ अनि नुहाउने ठाउँ नै छैन | सयौंको संख्यामा कैदी छन् | न्यूनतम मानबिय सुबिधा पनि थिएन | अनि जेलर ले गाली न खाए  ताली खान्छ त ??  बिचरा जेलरले नि के गर्न सक्थ्यो र ??
न खल्तीको पैसाले गर्न सक्थ्यो न गल्तीले बजेट झर्थ्यो |  जेलरले गालीको गदगदाहत बीच " उहाँ  तपाइँहरुको यिनै असुविधाको सुधारको लागि हेर्न आउनु भएको इन्जिनियर साहेब हो, आफै के के चाहिन्छ भन्नु " भनेर गाली म तर्फ फ्लिक गरि दिनु भयो | 

मैले भनें " मेयर साहेबले आजै रिपोर्ट दिनु भन्नु भएको छ , तपाईहरुको सुबिधाको लागि हुन सक्ने जति काम १ महिना भित्रै सम्पन्न हुन्छ , ढुक्क हुनु होस् " | अनि देखाउन थाले अगुवा कैदी महोदयले के कस्तो असुविधा छ भन्ने | 

सबै भन्दा खत्तम त ट्वाइलेटको संख्या र अवस्था नै थियो | अर्को गुनासो चाहि स्नान गर्ने समस्या रहेछ स्नान घर नभएर | खुला चोकमा आएर नुहाउनु पर्ने र नुहाउने समयमा संगै को पुरुष सेलको माथिल्लो तल्लाबाट सर्बांग देखिने हुँदा  पुरुष कैदी हरुले सिट्टी बजाउंदै तमासा  गर्दो रहेछ | 

" साले रण्डीका सन्तानहरुले कहिलेइ न देखे जस्तो हाम्रो ... ..... हेर्न आउछन, हामी पनि देखाई दिन्ठेम  तेरो आमा बहिनी संग भाको  ... यही हो भनेर ..." मुख त ...... बाफ रे बाफ | 

महिला जेलको अवस्था र गर्न सकिने सुधारको आंकलन र नाप जांच गरी पुरुष सेलमा जान निस्केम | जेलर साहेबले एक छिन मेरो अफिसमा बसम र चिया एक कप खाम , त्यस पछी उता जामला भन्नु भयो | ठिकै हो यत्रो गाली खाएको पचाउन एक गिलास चिया त पिउने पर्यो भन्दै चिया खान बस्यौं | 

चिया गफ सकिवरी पुरुषजेलमा जाने बेलामा  जेलर साहेबले " म त उता जान्न, इन्स्पेक्टर साहेबले तपाईलाई लैजानु हुन्छ " भन्नु भयो | मैले किन भनेर प्रश्नै गर्नु परेन , महिला सेल को त यति हरि बिजोग छ भने पुरुष सेल को राम बिजोग हुने नै भयो | शायद पुरुषको गाली पचाउन सक्ने आँट जेलर साहेबमा थिएन | 

इन्स्पेक्टर साहेब संग पुरुष जेल अर्थात जेलको मूल द्वारमा गइयो | महिला सेलमा जस्तो कार्यालय परिसर भित्रबाट जान न मिल्ने रहेछ | बन्दूक बोकेको सेन्ट्री, अनि ३ फीटे फलाम को ढोका पार गरेर जानु पर्ने | अघि सम्म मैले कर्मचारी परिचय पत्रको माला लागेको थिइन | अब भने लाग्यो कैदी लाने बाटो तय गर्दा पास झुन्ड्याएन भने म बबुरोलाई लाई नयाँ कैदी आयो भनेर लाम लागेर र्याग गर्न बेर छैन ( हिन्दी सिनेमाको प्रभाव) | 

त्यो ३ फूटे फलामे गेटबाट साढे पांच फीटको म के छिरेको थिएँ, भित्रबाट गाली हैन ताली पो बज्यो बाइ ...............................

क्रमश : 
Last edited: 30-Jul-14 07:48 AM
Read Full Discussion Thread for this article