Posted by: Rahuldai July 25, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
शाही बाबाजी

पांच लाख सम्म दिन सक्ने भन्ने दफा स्वास्थ उपचार खर्चमा सिधै दिन मिल्ने रकम हो मित्र | मन्त्रि परिषदको निर्णयले त्यो भन्दा बढी रकम दिन मिल्दछ |

नेपालको कानून र प्रशासनिक नियमहरु बारे मलाई पनि थाहा छ | १५ बर्ष सरकारी सेवाको जिम्मेदार तहमा काम गरेको मान्छे हुँ|

यदि कुनै कानून को स्पष्ट उलंघन हो भने मज्जाले सर्बोच्चमा रीट लाग्छ र यस्तो रकम लिन दिन पाउदैन |

अझ पनि भन्छु , जथाभावी राष्ट्रको ढुकुटी स्वास्थ उपचारको नाममा खर्चिनु हुँदैन | त्यसको बिरोध गर्ने पर्छ | तर देशको प्रधान मन्त्री नियमित स्वास्थ परिक्षणको बेलामा क्यान्सरको उपचार त्यो पनि मितव्ययी भएर गरेकोमा यत्रो हल्ला किन भन्ने मात्र हो |

कति खर्च भयो भन्ने कुरा यकिन न भै हल्ला को भर मा पचास करोड भन्दै हिड्ने ?? राष्ट्रको बजेट भनेको पचास लाख हो ?? पांच करोड हो ?? हो राष्ट्रको बजेट खर्चिन प्रधान मन्त्री को स्वास्थ उपचार मा खर्चिन मिल्दैन | राष्ट्रको बजते कति हो पहिला यकिन गर्नुस |

त्यो गलत भयो रे , के गर्नु हुन्छ ?? नागरिक दैनिकले दिल शोभालाई यौन दुराचार को आरोप लगाउदा के भयो ??
Read Full Discussion Thread for this article