Posted by: Rahuldai July 25, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
Amby जी 

फेरी एक पल्ट घोच्नु भएकोमा धन्यबाद | घोच्नु अघि सोच्नु पर्ने हो राहुल अंकलले यस्ता समाचार पढ्दैन र भनेर |

१. के त्यो लेखमा लेखिएका सबै सत्य हुन् त ?? प्रधानमन्त्रीको उपचार खर्चको सम्पूर्ण लेखा उहाँ संग छ त ?? लेखकले अनुमान मात्र गरेका हुन् , उनी संग कुनै प्रमाणिक दस्तावेज छैनन् | 

२. म यहाँ प्रधान मन्त्रीको उपचार को कुरा गर्दै छु , अन्य नेताको होइन | 

३. कुन कानूनले दिन्छ ?? भन्ने प्रश्न गर्नु को साटो यो यो कानूनले दिदैन भनेर लेखेको भए  के हुन्थ्यो ?? समाचार लाई बिकाउने बिज्ञापननीय तिकडम हो | 

४. कानूनले दिंदैन भन्ने थाहा भए खुरुक्क सर्बोच्चमा गएर रीट हाल्नु नि , देशको प्रधान मन्त्री त के राजाको गलत कामको पनि अदालत ले उल्ट्याई दिएको उदाहरण छ हाम्रो देशमा | 

५. प्रधान मन्त्री स्वर्ग जानी तयारीमा भनेर समेत लेख्ने पत्रकारहरुको कुरामा कति बिश्वास गर्नु हुन्छ तपाइँ ?

Read Full Discussion Thread for this article