Posted by: Kiddo July 24, 2014
Are we this stupid? Song against racism/ethnicism protested and banned
Login in to Rate this Post:     1       ?         Liked by
This is the just a snippet from the lyrics of the song that was heavily protested and the singer decided to stop playing his song because of the pressure:

Source: onlinekhabar.com
केको बाहुन, केको कामी, के को जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ,


source: http://www.onlinekhabar.com/2014/07/172956/

८ साउन, काठमाडौं । लोकगायक पशुपति शर्माले ‘केको बाहुन, केको कामी, केको जनजाति’ बोलको आफ्नो तीज गीत बन्द गरेको घोषणा गरेका छन् । शर्माको गीतको दलिय समुदाय र आदिवासी जनजातिबाट चर्को विरोध भएको थियो ।
सामाजिक सञ्जाल र केही संघ संस्थाले गीतबारे गरेका टिकाटिप्पणीले गीतलाई बहाना गराएर सामाजिक सदभाव बिथोल्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै गायक शर्माले गीतको सार्वजनिक प्रयोग बन्दको घोषणा गरेका हुन् ।
शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्-’हामी नेपाली हौं’ बोलको तीज गीतले कसैको आत्मसम्मानमा ठेस नपुगोस् भन्दै सार्वजनिक प्रयोगमा बन्द गरेको जानकारी गराउदछु । साथै यो गीतको व्यवसायिक प्रयोग समेत बन्द गरिएको अवगत गराउन चाहन्छु ।’ यसअघि शर्माले अनलाइनखबरसँगको कुराकानीमा पनि आफू दलित समुदायको सम्मानमै गीत बनाएको बताएका थिए ।
गीतको केही शब्दप्रति आपत्ति जनाएको र हटाउन आग्रह गरेकाले सम्मान गर्दै गीत नबजाउने निर्णय गरेको शर्माले बताएका छन् । उनले भनेका छन्-’वास्तवमा मैले उल्लेखित गीत कुनै पनि समुदाय र जातजातिको मानमर्दन गर्न प्रकाशित गरेको नभई समाजिक कुरीति बिरुद्ध लक्षित गरेको थिए ।’
आफू विशुद्ध कलाकार भएको र हरेक क्षेत्रका श्रोता र दर्शकको मायामा मात्र अघि बढ्न सक्ने भन्दै उनले भनेका छन्-’यहाँहरुकै चाहना र भावनाको कदर गर्दै सम्पूर्ण सञ्चार माध्यम र डिजिटल प्रविधिमा बन्द गरिएको प्रष्ट्याउँन चाहन्छु ।’

Read Full Discussion Thread for this article