Posted by: Geology Tiger July 23, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
लोल सही बाबा र अंबे नानी ...

म माफी चाहन्छु यदी हजुरहरुले सधै राम्रोसँग कर तिर्दै आइरहेको हुनुहुन्छ भने ...
हजुरहरु कर चोर होइन ...हजुरहरु प्रंशसाको पात्र हुनुहुन्छ .... शायद मैले भने जस्तै एकाध अपवादमा पर्नुहुन्छ यहाँहरु ...

तर म चाँही पक्का कर चोर हो .. र मेरो बुझाइमा अधिकांश नेपालीहरु म जस्तै कर चोर नै छन् ... हुनत यो मेरो अनुमान गलत हुन पनि सक्छ ... तर यहाँहरुको अनुमान पनि त गलत हुनसक्छ ... जसरी अंबेले त एक जनाले कर नतिर्दैमा हामीले पनि कर तिरेको छैन भन्न पाउदैनस् भन्नुभयो त्यसै गरी यहाँ एक जनाले कर तिर्दैमा सबै जनाले त्यसै गरी तिरेका छन् भनेर सोच्नु पनि त गलत हुनसक्छ ...

सही बाबाले आफ्नो कुरा पूरा नलेखे पनि मैले त्यसको आशय भने बुझे .... नेताले राम्रो काम गरे पो हामी जनताले पनि कर तिर्नु ? तर मित्र हामी अरुले आफ्नो जिम्मेवारी पूरा गरेनन् भने आफ्नो दायित्वबाट कसरी भाग्न सक्छौ ? पहिले हामी आफ्नो कर्तव्य पूरा गरु न ... अनि पो नेताहरुलाई औंला ठडाउन सक्छौ ..

अंबे नानी देशले आर्जेको राजस्व पक्का पनि देश र जनताकै निमित्त खर्च हुनुपर्छ । तर सुशील कोइराला जो अहिले नेपालको प्रधानमन्त्री छन् उनको उपचार खर्च राष्ट्रले व्यहोर्नु गलत होइन र आवश्यक छ ।
Read Full Discussion Thread for this article