Posted by: Geology Tiger July 23, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
अरु जे जे भने पनि औसत नेपालीले ( जब एउटा नेपाली लेखकले हामी भनेर सम्बोधन गरेर लेख्छ त्यसले आम नेपालीलाई नै बुझाउछ ) " हामीले तिरेको कर.." भनेर उफ्रनु चाँही अत्यन्त हास्यासपद हो ... एक दुई जना अपवाद होलान् नत्र त सके जति कर छल्नु र नतिर्नु त हामी नेपालीको संस्कृति हो, परम्परा हो र हाम्रो उद्देश्य नै हो । नेपालमा ब्यापारीले व्यपार गरेर कमाएको पैसामा कर छल्न खोज्नु, घरबेटीहरुले घर बहालमा लगाएर आएको पैसामा कर छल्न खोज्नु, घरजग्गाको स्वामित्व बापत राष्ट्रलाई बुझाउन पर्ने राजस्व छल्न खोज्नु, व्यपारीहरुले विदेशबाट सामान झिकाउदा आयत कर छल्न खोज्नु, यी बाहेक पनि पचासौ ठाउँमा कर छल्न खोज्नु हामी नेपालीको बिशेषता नै हो । अनि विदेशमा बसेर हल्लाखल्ला गर्ने नेपालीहरुले कहिल्यै आफू नेपाल जादाँ कुन कुन र कति वटा सामानमा सरकारले कर छुट दिएको छ र बाँकीको कर तिर्नुपर्छ भन्ने विचार गरेर कुनै सामानको कर तिर्न आँफै अगाडि सरेका छौ ?
नेपालमा मेरो नाममा भएको अलिकति जग्गाको मैले पनि वार्षिक रुपमा कर बुझाउनुपर्ने हो तर कैयौ बर्षदेखि बुझाएको छैन.... त्यसैले म पनि कर चोर हो भलै एकदिन त्यो जग्गा बेच्न परेको खण्डमा जरिवाना सहितको राजस्व छेर्ने नै छु ...

हाम्रा नेताहरु चोर हुन् तर हामी जनताहरु महाचोर हौ ...
Last edited: 23-Jul-14 10:06 AM
Read Full Discussion Thread for this article