Posted by: brocauli July 21, 2014
सलैको काटी
Login in to Rate this Post:     3       ?         Liked by
थाहा छैन कुन सलैको काटी हु म
तर हेर न म त जलिसकेछु
खरानी हुन चाहन्थे म
तर कस्तो अचम्म
आखा खोलि हेरेको त
यो धर्तिमा तड्पी तड्पी बलिरहेछु
हो था छ मलाई
जली सकेको सलैको काटी हु म
तर अझै पनि जल्न सक्छु म उनको यादहरु मा
बिछोडमा रुदै रुदै धेरै टाढा आए उनलाई छोडी
तर पनि हास्न सक्छु कैलेकाही अतितका मिठा यादहरुमा
--------------- Brocauli------------
Read Full Discussion Thread for this article