Posted by: ashishme July 20, 2014
American kicked out of Nepal
Login in to Rate this Post:     0       ?        
http://www.ratopati.com/2014/07/21/152811.html

काठमाडौं,साउन५–नेपाल सरकारले गैरकानुनी रूपमा मुलुक प्रवेश गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई देश निकाला गरेको छ। नेपाली महिलालाई विवाह गरी अमेरिका लैजाने उद्धेश्यले नेपाल आएका अमेरिकी नागरिक निल स्टायमरलाई आइतबार देशनिकाला गरिएको हो।

नक्कली राहदानीमार्फत नेपाल आएका स्टायमर नेपाली महिलासँग विवाहको नाटक गरी अमेरिका पुर्याएको अभियोगमा गत साता पक्राउ परेका थिए। पक्राउपछिको प्रारम्भिक अनुसन्त्रानमै उनले नक्कली राहदानी प्रयोग गरेको खुलेपछि अध्यगमन विभागले मुद्दा चलाएको थियो।जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेकै बेला अमेरिकाले स्टायमर आफ्नै देशमा अपराध गरी भागेको भन्दै बुझाउन आग्रह गरेपछि उनलाई ४७ हजार धरौटीमा रिहा गरी देशनिकाला गरिएको गृह मन्त्रालयले जनाएको छ।
देश निकालापछि भारतको नयाँ दिल्ली पुगेका स्टायमरलाई अमेरिकी प्रहरीले पक्राउ गरी लगेको हो।गृहमन्त्रालयका प्रबक्ता सहसचिव लक्षमीप्रसासाद ढकालले नेपाल आउँदा नक्कली राहदानी प्रयोग गरेका कारण उनलाई अमेरिका नै फिर्ता पठाइएको बताए ,आजको राजधानी दैनिकमा खबर छ ।
- See more at: http://www.ratopati.com/2014/07/21/152811.html#sthash.HNJy6xAa.dpuf
Read Full Discussion Thread for this article