Posted by: YoTaBhayanaNiSom July 15, 2014
Actress Nisha Adhikari’s “Jalwa” turned into “Baluwa”
Login in to Rate this Post:     1       ?         Liked by
प्रिय एम्ब्रोसियाजी,
हजुरको यो पिस पनि असाध्यै मन पर्यो, तर अरु ब्रो (एकेए बोका) हरु जस्तै मेरा पनि हजुरका बुदाहरु प्रति केहि असहमतिहरु छन| हुन त मेरा असहमतिहरु अरु ब्रोहरुकोबाट १८० डिग्रि ढल्केको होला, तैपनि हजुरले दिनु भएका केहि तथ्यगत बुदाहरु प्रति हाम्रो मतभेद निम्न प्रकारले प्रस्तुत गर्न चाहान्छौ|
१. चर्ममा टासिने १ पिस मात्रै लाएर निशाजी पाल्नु भो भन्ने हजुरको टाउको दुखाइ अलि हास्यास्पद लाग्यो| हाम्रा अति विद्वान बाबा श्री श्री श्री ६६३६ नास महाराज धिराजबाट हुकुम भए बमोजिम निशाजिको उमेरका महिला बर्गले जति कम कपडा लगाए त्यति उत्तम, जसप्रति हामी पनि सत प्रतिशत सहमत छौ| अर्को पालि १/२ वा १/४ पारदर्शी पिस लगाएर वहाको आगमन भए सुन माथि सुगन्ध हुन्छ भन्ने हाम्रो बिश्वास छ| सारी इज सो सत्ययुग क्या|
२. निशा अधिकारिजी जस्तो प्रख्यात् नायिका संग केहि कुराको अभाव छ भने त्यो हो समय| हजुरले एक महिना समय पाउदा पनि यस्तो चाला भन्ने गुनासो गर्नु भाको रैछ| यस्तो ब्यस्त नायिका संग यस्तो फाल्टु कार्यक्रमलाई कहिँ समय हुन्छ र? वहाले यसमा आउने निमन्त्रणा स्वीकार गर्नु नै आयोजक वर्ग र दर्शक वर्ग एकै चोटी धन्य हुनु हो भन्ने हाम्रो ठम्याइ हो| वहालाई एक महिना होइन २-४ बर्ष अग्रिम बुकिङ्ग गरे पनि खासै केहि फरक नपर्ला जस्तो लाग्छ|
३. निशाजिले २० मिनेट बोलेपछि "यु मस्ट बि लस्ट बाइ नाउ" भनेर निक्कै उद्दार कुरा गर्नु भो| यो त वहाको महानता मात्रै हो| २० मिनेट चाही होइन हामि जस्ता परेको भए त्यो चर्ममा टासिएको १ पिस देख्ने बित्तिकै लस्ट मात्रै होइन केहि घन्टाको लागि बेहोस नै हुन्थ्यौ भन्ने कुरामा दुइ मत नहोला|
४. निशाजी नेपाली मिडिया प्रति खनिनु बिल्कुल जायज कुरा हो| धन्य मिडिया त्यो दिन भाग्यमानि रैछ, नत्र त्यो अर्को दिन हाम्री अर्की बरिस्ठ नायिका अनि प्रखर वक्ता (बिशेष गरेर अंग्रेजी भाषामा) सुमिना घिमिरे जस्तै एक पत्रकार संग फोनमा अत्यन्तै कर्णप्रिय अश्लिल गालिको वृष्टि गर्नु भएन रैछ| कति पत्रकारको टाउको ठोकाठोक र क्यामेरा फोराफोर भएको हजुरलाइ पनि ग्यान होला, तर हाम्री निशाजीले आफु त्यो भन्दा निकै नै माथिको स्तरको हुनुहुन्छ भन्ने कुराको प्रमाण त्यो दिन दिनु भाको रैछ|
५. यस्तो कर्णप्रिय र मोहक दृश्य प्रदान गरिरहनु भएको हाम्री नायिकालाइ "पुग्यो" भन्ने भतुवालाई चाही कडा भन्दा कडा कारबाही गर्नु पर्छ भन्ने हाम्रो जोडदार माग छ|
Read Full Discussion Thread for this article