Posted by: YoTaBhayanaNiSom July 14, 2014
FIFA 2014 Prediction, Who will win????
Login in to Rate this Post:     0       ?        

बास्तबमा यसपालिको जर्मन टोलि एकदम राम्रो थियो| एक दुइ जना तारे खेलाडीमा भर नगरी पुरै टोलीको सहकार्य निक्कै सह्राहनीय देखिन्छ| तर जर्मनीले यो उपलब्धिको लागि निक्कै लामो तयारि गरेको थियो| २००४ को युरो कपमा समुह खेल बाटै बाहिरीए पछि जर्मनीले आफ्नो लिग स्तरको खेलमा निक्कै महत्वपूर्ण परिबर्तनहरु गरेका थिए| विश्व कप जित्न जति भाग्य बलियो हुनु पर्छ उत्तिनै तयारि पनि ज़ोरदार हुनु पर्छ भन्ने कुराको प्रमाण हो यो जीत|

हुन त अर्जेन्टिनाले पनि निक्कै राम्रो खेलेको हो| मौका पनि पाएकै हुन्| जित कसैको पनि हुन सक्थ्यो| तर जर्मनी नै सबभन्दा लायक थियो बिजयी हुन भन्ने कुरामा चाही सहमत हुन सकिन्छ| यो विश्वकप अहिले सम्मन हेरेकोमा खेलको स्तरको हिसाबमा सबैभन्दा उत्कृष्ट जस्तो लाग्छ| अन्त्यमा ब्राजिललाइ सहानुभूतिका साथ् रुसमा चार बर्ष पछि हुने खेलको पर्खाइमा|

Last edited: 14-Jul-14 09:37 AM
Read Full Discussion Thread for this article