Posted by: Rahuldai July 2, 2014
Nepal Gov is after Nepricans property details
Login in to Rate this Post:     0       ?        
प्रस्तुत बिचारहरु मध्ये फरक बिचार राख्ने अनुमति चाहन्छु | पहिलो कुरा यो प्रसङ्ग कहाँबाट आयो भने कुराम जाउँ |
१- अमेरिकी सरकारले नेपालमा विभिन्न काम गरेर बसेका अमेरिकी नागरिकहरुको सम्पति ( कमाइ )को विवरण औपचारिक रुपमै मागेको सन्दर्भमा नेपाल सरकारले पनि औपचारिकमाग गरेको |

२- नेपाल सरकार र सरकारका उच्च अधिकारीहरुले बिदेशी सरकार अझ राजदूतवासले ( ठुला शक्तिशाली देशका ) जे मागे नि खुरु खुरु दिने प्रबृत्ति थियो | यसपाली तिमीहरुले माग्छौ भने हामी पनि माग्छौं भनेर गरेको सिम्बोलिक तर शाहसिक कदमको रुपमा लिन्छु |

३- एक दशक अगाडी देशको सबैभन्दा ठुलो प्रोजेक्टमा काम गर्थें | प्राबिधिक अध्ययन र डिजाइनको कार्यको लागि नर्वे सरकारको अनुदान र अनुदान कै शर्त अनुसार नर्वेजियन कन्सल्ट्यानट नोराड | नोराडले काम गरे अनुसारको प्रतिबेदन पेश गरे पछि हामी सरकारी कार्यालयले प्रतिबेदन अनुसारको काम भएको हो भने उसले मागेको पैसा दिन हुन नर्वेजियन दूताबासलाई सिफारिस गरिदिन्ठेम | सुरु को १-२ किस्ता माग गर्दा सम्झौता पत्रमा उल्लेखे भए अनुसार रीत पुर्र्याएर माग गरे | पछि हेपाह प्रबृत्ति अपनाए | पैसा दिनु भन्ने एउटा पत्र र १-२ पेज बिल मात्र पठाउन थाले | सम्झौता अनुसार , कामको लक्ष , प्रगति , भए नभएको मुल्यांकन प्रतिबेदन हार्ड कभर मा २ प्रति , बिलहरु सक्कल सहित २ प्रति पठाई भुक्तानी माग गर्नु पर्ने थियो |

त्यो बिल र प्रतिबेदन अध्ययन गरी कार्यालय प्रमुखलाई टिप्पणी सहित पठाउने काम मेरो थियो | मैले यसरी सम्झौता अनुसार बुक्तानी माग गरेको देखिएन भनेर खुलस्त लेखि दिएँ | हाकिमले नोरादले पठाएको कागजात लिएर आउनु भने . मैले जे पठाएको हो त्यो देखाई दिएँ | हाकिमले तुरन्त नोराडमा फोन गरेर , डाइरेक्टर आफै आउनु भनेर खबर गरे | नोराडको डाइरेक्टर नर्वेजियन खैरे आए |

हाकिमले सिधै - के हो तिमीहरुको ताल ? तिमीहरुको पैसा भन्दैमा जे गरे नि पैसा दिन्छ नेपाली ले भन्ने सोच बनाएको हो भने यो अफिस बाट यस्तो काम हुदैन | यही हो ताल १ पेज को बिलको भरमा पैसा माग्ने ? खै रिपोर्ट, खै काम को प्रगति विवरण ?

खैरे मोरोले अलि टाइम न भ्याएर त्यसो भएको रे भन्नथाले | अर्को पल्ट देखि नियम पुर्र्याएर पठाउछु , यो बिल चाहि फरवार्ड गरि दिनु रे | हाकिम लाइ झोंक चल्यो र त्यै खैरेको मुखैमा त्यो एक पेजको निबेदन र बिल फ्याँकी दियो | पैसा माग्ने भए नियम पुर्र्याएर आउनु नत्र पाइदैन भनेर फर्काइ दिए |

यो त एउटा आफैले देखेको भोगेको घटना हो|

४. अमेरिकी सरकारले अमेरिकी नागरिकहरुको विवरण माग्दा नेपाली-अमेरिकन पनि पर्ने भयो नै , नेपाली नागरिकता नाच्यातिकन ताक परे तिवारी न परे गोतामे गर्नेहरु धेरै छन् | तिनीहरुको बैध अबैध धन्दा माथि अबश्यमय अंकुश लाग्दछ नै |

५. अमेरिकामा बसेका ग्रीन कार्ड र सिटिजन बाहेक पनि अन्य ब्यबसाय गर्ने हेतुले भिसा लिएकाहरु पनि थुप्रो छन् , तिनलाई नेपाली भने अप्ठेरो पर्ने भो | त्यसबाहेक अरुलाई खास असर पर्दैन |

समष्टिमा भन्दा यो कामले कुनै त्वात्विक फरक न ल्याउला तर एउटा राम्रो कदमको रुपमा लिनु पर्छ जस्तो मलाइ लाग्छ |
Read Full Discussion Thread for this article