Posted by: Rahuldai July 1, 2014
*** जुवाडे ***
Login in to Rate this Post:     0       ?        
एल बी जी ,
एउटा रचनात्मक आलोचना गर्दै छु , पचाउनु सक्नु हुन्छ भने पचाउनु होला | तपाइँ को यस अघिको नेता, डिभी पर्दा आदि रचना पनि पढें | तपाइँ भित्र कवि त छ तर कबिता पस्किने कलाको अभाव देखेको छु | सुन्दर काव्यात्मक संरचनाको लागि पहिलो त लेख्दै गर्नु पर्यो | दोस्रो एक पल्ट लेखे पछी पटक पटक के गरे राम्रो हुन्छ भनेर पुनरावलोकन गर्नु पर्यो |

त्यो भन्दा महत्वपूर्ण कुरा चाहि अग्रज कबिहरुको कबिता पढ्नु पर्यो | अध्ययन गर्नु पर्यो | अग्रजहरु संग सल्लाह माग्नु पर्यो |

प्रस्तुत कबिता "जुवाडे " प्यारोडी भए ठिकै छ , हैन भने यो कबिता दुइटा गीतको नक्कल मात्र ठहर्छ |

एउटा kiddo ले भने जस्तै " नेपाली को छातीमा .... " भन्ने अर्को चाहि " न खेल्नु जुवा र तास , धनको नाश जीवनको बनबास " भन्ने गीत को |
Read Full Discussion Thread for this article