Posted by: Lal Bahadur Ayer June 30, 2014
*** जुवाडे ***
Login in to Rate this Post:     0       ?        
जुवाडे

एल. बि. ऐर.
बोस्टन, यु एस ए 


जुवाडेको हातैमा यो तासको छायाँ छ

जुवाड़ीलाइ यो तासको असाध्यै माया छ 

भोक र तिर्खा लाग्दैन मलाई तासमा रमाउदा

रत्तिभर पिर पर्दैन साथि, हप्ताको गुमाउदा 

साइडमा व्हिस्की लगायो चुस्की तास छ हातभरी 

खेल्दा चाही मजा पैसा चाही जादा निंद छैन रातभरी 

मौका परे छोड्दैनौ हामि छोड्छौं स्वास्नी लोग्ने 

दुख बिमार लागे लागोस तास भए पुग्छ 

इस्ट मित्र दाजु भाइ आपसमै लडाउने 

हार्नु जित्नु भन्ने मात्रै दुस्मनी बढाउने 

जुवा र तास नखेलौं साथि भनेको मानु होस्

द्रौपदीलाइ पाण्डबले हारे इतिहास जन्नुहोस 

आज देखि संकल्प गरौँ छोडौं जुवा तास 

नत्र भने हुन्छ हेर धनको नास जीवनको बनबास 

जुवाडेको हातैमा यो तासको छायाँ छ 

जुवाड़ीलाइ यो तासको बिछट्टै माया छ  
Read Full Discussion Thread for this article