Posted by: Lal Bahadur Ayer June 20, 2014
Login in to Rate this Post:
4
?
Liked by
जय डिभी
By:
LB Ayer
Boston, USA
अमेरिका जाने आशामा डिभी भरे मैले
पांच वर्ष सम्म धाउँदा धाउँदा बल्ल पर्यो अहिले
एक छाक खान नपुग्दा नि पत्याएनन कोहिले
कति पैसा चाहियो भनि घरमै फोन अहिले
साहुको ऋण बोकी कन अमेरिका पसे
काम खोज्दा खोज्दा नपाई दिस वासिंगमा फसें
डलर पाउने आशमा हजुर चेकमा तलब आयो
आधा पाए मैले बाकि सरकारले नै खायो
दिस वासिंगमा दुख भनि स्टोर तिर आको
बन्दुक तेर्साइ आयो काले झन्डै ज्यान गाको
साहुको ऋण फिर्ता गर्न पिजा बोक्न लागे
घरै थाहा पाउन गारो त्येहाबाट पनि भागे
धेरै दुख हुन्न भनि सेक्युरिटीमा बसे
कुर्सीमा नै निदाएछु सबै भित्र पसे
खाना मिठो पाउछ भनि वेटर तिर चिप्लें
हातभरी प्लेट बोक्दा आँखा बाहिर निक्ले
आफन्त चाही खुशी थिए डिभी लटरी पर्दा
मैले सार्है दुख पाए येही डिभी ले गर्दा