Posted by: Aamalaa June 8, 2014
गोरी मेक्सिकन भाग -२
Login in to Rate this Post:     1       ?         Liked by
       प्रिय साझाबासिहरुमा मेरी गोरी मेक्सिकन भाग -२ पेश गर्दै छु , यो अहिलेलाई अन्तिम भाग पनि हुन सक्छ | हेरु यो चक्कर कहाँ सम्म पुग्छ, केहि भन्न लायक भयो भने अरु भाग पनि प्रस्तुत गर्ने छु | अघिल्लो भागमा झैँ कमेन्ट गर्नुहोला है त .........

       भाग -१ छुटाउनु भएको भए यहाँ हेर्नुश है : http://sajha.com/sajha/html/index.cfm?threadid=109197&noofposts=11

       गोरी मेक्सिकन - २

       गएको एक हप्ता बित्न महिनौ जस्तो लाग्यो मलाई | त्यो गोरी मेक्सिकन संगको ५ मिनट भेटले मलाई छुट्टै अनुभूति भैरहेथ्यो | कोठामा रुपेश र भरतलाई पनि यो कुरा भनेको थिए | मनको कुरा सुनाउने अरु को नै थियो र | त्यो बेला सर्मिलाको पनि निकै याद आएको थियो , तेही गोरो चेहरा अनि तेस्तै मिलेको तर अलि लामो नाक | खैर सर्मिलाको यादलाइ मनको एउटा कुनामा राखेर गोरी मेक्सिकनकै यादमा रमाउन उचित ठाने अहिलेलाई |
केटाहरुलाई पनि फोकटया भन्या जस्तो लाग्यो मेरो मेक्सिकन केटि को कुरा | सोझो मान्छेलाई अलि अलि सरसल्लाह दिनुको सट्टामा झन् उल्लीबिल्ली पारिदिए त्यो हप्ता | झन् भर्तेले ( भरतले ) त एती सम्म भन्न भ्यायो , “बुझ्यो ब्रो अर्को पटक त्यो तिम्री बोनितालाई नाम चाही सोधिहाल है, अनि बल्ल तिम्रो रामकहानी सुरु होला, नत्र येही रुपेशे ( रुपेश ) जस्तै गनाउने बोका भएर बस्नु पर्ला” |
       केटाहरुले जे भनेनी अब फेरी तिनी नानी आइन् भने कमसेकम नाम चाही सोध्नुपर्ला भन्ने सोचे | तर कसरि ....? नेपालाँ जस्तो केटि भेट्ने बित्तिकै “ साँची तिम्रो नाम के रे ?” भनेर नहुने यहाँ | मिलाई मिलाई भन्नुपर्छ | इंग्लिश जति सुन्छु, आधि बुझ्छु अनि तेस्को पनि आधि मात्रै फर्काउन सक्छु | प्लान बनौदाबनौदै १ हप्ता बित्यो, केटि आउदिन बा, परेन त फसाद | भएन अब यो गोरी मेक्सिकनलाइ पनि सर्मिलाको जस्तै गरि मनको अर्को कुनामा कोचिदिनु पर्यो भनेको त (भन्द्या नि) अचम्म भो आज |
       दैबको लिला, सुर्यदेवको कृपा आज देखापरि मेरी गोरी मेक्सिकन, लगभग उही टायममा | झन्डै मनबाट हटाइसकेको मान्छे अपर्झट तेसरी अगाडी देखा पर्दा एकछिन अक्क न बक्क भन्या | तैपनि साहस गरेर “Hello Maam how you” भन्न भ्याए | “M good, yourself” उसले पनि मुस्कुरौदै भनि | मैले पनि नेपाली इस्टाईल्ले टाउको दायाँबायाँ गरि सकुसल रहेको जानकारी गराएँ | उ कफी मेसिन् तिर लागि अनि म भने रजिस्टर मिलाउदै यो गोरी मेक्सिकनको नाम कसरि सोध्ने होला भन्ने जुक्ति सोच्न थाले |
       “Hello again, no beer today - only coffee” मौनता तोड्दै मुस्कुराइ उ | मेरो भने उसलाई देख्नेबित्तिकै बोलि नै गायब | के भन्ने कसो भन्ने सोच्न नै सकिन, मनले भन्यो “नाम सोध्नुपर्यो केटा, नाम सोध”, मुख बोल्दैन त | अनि बल्ल तल्ल भने “Hello maam, it is one o seven (1.07)” उसले मुटु नै छेडला जस्तो मुस्कान दिएर २ डलर हातमा दिई | उसलाई बाकी पैसा फिर्ता दिने बेलामा मनले फेरी भन्यो “थुक्क लाछी आफ्नो मान्छेलाई पनि ७ पैसा लिने हो, अरुलाई भए १.०७, तर तिमीलाई only one dollar, अथवा it’s on the house for beautiful gal like you भन्नु पर्दैन” | मनले जे भन्यो तेही गर्न नसकेपछि चानचुन जम्मा गरेर उसलाई “Thank you maam, come again .. ok …” एती मात्र भन्न सके, नाम-साम सोध्ने आँट आएन यो लाछिलाई |
“Please don’t call me maam, I am Christina” , एती भनि गोरी मेक्सिकन मुस्कुराएर गइ | हैन के भन्छे यो मोरी , एउटा मिठो भूकम्प गयो अनि मन मुटु क्रिस्टिना क्रिस्टिना भयो |
Last edited: 23-Jul-14 05:25 PM
Read Full Discussion Thread for this article