Posted by: mahoday June 7, 2014
३२ औ ए एन ए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने
Login in to Rate this Post:     0       ?        
जेष्ठ २४ ,भर्जिनिया
विजय थापा

ए एन ए सम्मेलनमा बिगत बर्षका झैँ ३२ औ ए एन ए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने भएको छ l उक्त बालबालिका समितिका संयोजक कलाकार तथा संचारकर्मी गोमा संग्रौलाले २९ औ ए एन ए सम्मेलनमा गरिएको झैँ बालबालिकाहरु भविष्यका कर्णधार हुन् भन्दै उनीहरुको लागि बिशेष कार्यक्रम बनाईदै गरेको बताईन l

२९ औ ए एन ए डिसी सम्मेलनमा उनीले बालबालिकाहरुका लागि चित्रकला ,योगा ,खेलकुद ,प्रतिभा प्रदर्शन तथा साना बालबालिकाहरुका रुचि अनुसारका कार्यक्रम बनाई सफलतापुर्वक सम्पन्न गरेको थिइन् l उनले समुद्घाटन कार्यक्रम पछि सांस्कृतिक कार्यक्रममा बिबिध प्रकारका कोसेली पस्कि भरपुर मनोरंजन गराएकी थिइन् भने अधिकांस उनले आफैले नृत्य निर्देशन गरिएका नृत्यहरु प्रस्तुति गरिएको थियो l

उनि नृत्य निर्देशकको साथै एक प्रतिभाशालि कलाकार पनि हुन् l छोटो समय भएता पनि बालबालिकाहरुको लागि राम्रो कार्यक्रम ल्याउने बताउदै जुलाई ४- ६ सम्म सम्मेलनमा बालबालिकाहरुको लागि हेरचाह (बेबी सिटिंग) पनि गरिने र अभिभावकले सम्पर्क गर्न सक्ने बताईन l बालबालिकाहरुलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था पनि गरिने सोचिएको जानकारी गराउदै बालबालिकाहरुलाई वर्णमाला (क ख ग )पनि पढाइने बताईन l
Read Full Discussion Thread for this article