Posted by: mahoday June 5, 2014
३२ औ ए एन ए डिसी सम्मेलनमा चार संचार माध्यमलाई सम्मान गरिने
Login in to Rate this Post:     0       ?        
३२ औ ए एन ए डिसी सम्मेलनमा चार संचार माध्यमलाई सम्मान गरिने

विजय थापा ,भर्जिनिया,
जेष्ठ २१ ,

३२ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )डिसी सम्मेलनमा ए एन ए को गतिबिधिलाई सशक्त रुपमा समाचार ,श्रब्य दृश्य ,लेख ,अन्तर्वार्ता ,खोजमुलक ,अन्वेषणनात्मक ,विशेषांक अंक प्रकाशित गरि विश्व भर नेपाली समुदायमा पुरयाई संस्थाको गरिमा वृद्धि गर्ने चार संचार माध्यमलाई ३२ ए एन ए डिसी सम्मेलनमा सम्मान गरिने भएको छ l

सम्मानित हुने संचार माध्यमहरु अमेरिकाबाट संचालित दुई वटा टेलिभिजन (दुर दर्शन )क्रमस न्युयोर्कबाट २४ घण्टा संचालनमा रहेको व्हाइट हिमाल टेलिभिजन तथा डिसी महानगर क्षेत्रबाट संचालित अमेरिका नेपाल टेलिभिजनलाई सम्मान गरिने भएको छ l यसै गरि लामो समय देखि न्युयोर्क राज्यबाट प्रकाशित हुदै आएको साप्ताहिक पत्रिका एवरेस्ट टाइम्स न्युडटकम तथा टेक्सास राज्यबाट संचालनमा रहेको बिधुतिय पत्रिका टेक्सास नेपाल डटकमलाई सम्मान गरिने भएको छ l

व्हाइट हिमाल टेलिभिजनका संचालक शान खड्का हुन् भने सुर्य थापा प्रबन्ध निर्देशक हुन् l अमेरिका नेपाल टेलिभिजन एक सशक्त समुह द्वारा संचालितमा रहेको छ भने २०१२ को टेक्सास र २०१३ को न्युयोर्क ए एन ए सम्मेलनमा सहभागी हुन् आधा दर्जन भन्दा ज्यादा संचारकर्मी सम्मेलनमा पुगी समाचार बिश्व भरि पुर्याउन सहयोग गरेका थिए भने यसपाली प्रतक्ष्य प्रसारण देखाउने योजनामा रहेको बताएका छन् l टेक्सास नेपाल डटकमले २९ औ ए एन ए देखि नै तीन दिन सम्म लगातार समुहमा आई ए एन ए को सम्मेलनको सम्पूर्ण गतिबिधि बिश्व नेपाली समुदाय बीच पुर्याउन मदत गरेको छ l

सम्मानित हुने साप्ताहिक पत्रिका एवरेस्ट टाइम्स न्युडटकमका सम्पादक तथा सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाको पत्रकार आङ्ग छिरिङ्ग शेर्पा हुन l आङ्ग छिरिङ्ग शेर्पा एक दशक भन्दा लामो समय नेपालकेा कान्तिपुर दैनिकमा कार्यरत संचारकर्मी हुन् र न्युयोर्कबाट उनीले सगरमाथाको नाम बाटै एभरेस्ट टाइम्स पत्रिका संचालन गर्दै आई रहेका छन् l उनि नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अधक्ष्य हुन् l

३१ औ ए एन ए सम्मेलनमा पाँच संचार माध्यमहरु क्रमस जनपुकार डटकम ,बिआरटिनेपाल डटकम,युएस नेपाल अनलाइन डटकम,ईनेपलिज़ डटकम तथा बोस्टन डटकमलाई सम्मान गरिएको थियो भने २०१० मा सगरमाथा टेलीभिजन युएस एका संचालक रामचन्द्र खरेललाई सम्मानको घोषणा गरिएता पनि कारणबस वहालाई ३० औ ए एन ए टेक्सास सम्मेलनमा सम्मान गरिएको थियो l यसै गरि २०११ को २९ औ ए एन ए डिसी सम्मेलनमा डिसीनेपाल डटकमलाई सम्मान गरिएको थियो l ​ ​पत्रकार सम्मानको साथै छिट्टै ए एन ए हिरो (नायक )२०१४ पनि घोषणा गरिने भएको छ l
Read Full Discussion Thread for this article