Posted by: Ritto Haat June 1, 2014
के यस्तो भएको छ कसैलाई?????
Login in to Rate this Post:     0       ?        
सपना,
देख्छु सुनौला,
तर!
धमिलिन्छन l
एक छिनको मुस्कान बदलिन्छ आवेगमा,
अनि मनहरु अमिलिंछन l
बाध्य हुन्छु सोच्न,
बिचारहरु फिंजाएर तौलिंदै अन्तर्मनमा,
अनि दोषी देख्छु उतै, आँफु साधु -सन्त जस्तो,
प्रतिक्षा गर्छ मन,
बदलिएकी ! उनका झिना बितृष्णा भन्दै,
बित्छन , मिनेट, घण्टा , दिन अनि सप्ताह,
ब्याकुल र उदाशी पर्खाईहरु,
निरुप र निर्जीव बन्दै,
गलित मुद्रामा , देख्छु आफ्नो भयङ्कर सत्रु आफैं,
अनि धिक्कार्छु, आफ्नै घमण्ड र आडम्बरलाई l l l
Read Full Discussion Thread for this article