Posted by: Bhaktey May 26, 2014
Support SSP Kharel
Login in to Rate this Post:     0       ?        

एआईजी बढुवामा ब्रिफकेश लेनदेन भएको बताएका रमेश खरेललाई काठमाडौंबाट हटाइने

काठमाडौं प्रहरीकाो नयाँ प्रमुखमा उत्तम कार्की
काठमाडौं प्रहरी प्रमुखबाट एसएसपी रमेश खरेललाई हटाउने निर्णयमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पुगेका छन्। गृह सचिव सूर्य सिलवाल, आइजिपी उपेन्द्रकान्त अर्याल र अरु अधिकारीहरुबीच यसबारे सोमबार छलफल भएको छ।  
 
प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारी अनुसार खरेलको ठाउँमा कसलाई ल्याउने भन्नेबारे निधो नभइसकेकाले औपचारिक निर्णय भने भएको छैन। प्रहरी संगठनभित्र बढुवामासमेत लेनदेन हुने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति गृह मन्त्रालय र प्रहरी नेतृत्व खरेलप्रति असन्तुष्ट छ।
 
शनिबार काठमाडौंको एक कार्यक्रममा उनले डीआईजीहरू एआईजी बन्न ब्रिफकेश बोकेर मन्त्री र नेताको घर धाइरहेको बताएका थिए। खरेलको भनाईबारे छानबिन गर्न डिआईजी विज्ञानराज शर्माको तीन सदस्यीय समिति बनेको छ।
 http://setopati.com/raajneeti/11919/
केही महिनाअघि काभ्रेमा भएको कार्यक्रममा गृहमन्त्री गौतमले एसएसपी खरेल सेलिब्रेटीे बन्न खोजेको र आफूलाई एक पटक पनि भेट्न नआएको भन्दै आपत्ति जनाएका थिए। त्यसको प्रतिउत्तरमा आईजिपी अर्यालले उनले प्रहरीको चेन अफ कमाण्ड उल्लंघन नगरेको भन्दै खरेलको बचाउ गरेका थिए।
 
उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई ल्याइने दाबी प्रहरी स्रोतले गरेको छ।


Read Full Discussion Thread for this article