Posted by: p_didi May 25, 2014
राजालाई नारायणहिटी दरबारमा ल्याउनसक्ने तागत छ : कमल थापा (भिडियोसहित)
Login in to Rate this Post:     0       ?        


काठमाडौं, जेष्ठ १० । राप्रपा नेपालको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । महाधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले अब बन्ने संविधानमा राजसंस्थालाई पनि स्थान दिनुपर्नेमा जोड दिए ।

उनले षड्यन्त्रपूर्वक राष्ट्रिय एकताको प्रतीक राजसंस्थालाई पाखा लगाइएको आरोप लगाउँदै जनताको अभिमतलाई सम्मान नगरे जनताले राजसंस्थालाई

पुनःस्थापना गर्न सक्ने बताए ।

थापाले गणतन्त्र र धर्म निरपेक्ष विदेशीको एजेन्डा भएको दाबी गर्दै त्यसलाई लागू गर्नेहरुको पर्दाफास गर्ने चेतावनी पनि दिए ।

कार्यक्रममा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले राजनीतिमा जनताले पुरानो ठानीसकेको विषयलाई फेरि कलहको विषय नबनाउन आग्रह गरे ।

यस्तै, एमाले नेता कृष्णगोपाल श्रेष्ठले पहिचानसहितको संविधान निर्माणमा एमालेले राप्रपा नेपालसँग सहकार्य गर्ने बताए । - See more at: http://imagekhabar.com/samachar/detail/38400/61/.shtml#sthash.Vr1fxWG6.dpuf
Read Full Discussion Thread for this article