Posted by: Bhaktey May 23, 2014
Login in to Rate this Post:
0
?
अष्ट धिमाल "कहिलेकाहिँ खडेरी लागेको जीवनमा पानीका थोपाहरु हराउँछन् भुइँ रसाउन नपाइ। क्रान्ती मेरो लागि त्यहि पानीको थोपा जस्तै।:
अष्ट धिमाल "मान्छे सँग जत्ति रिस उठे पनि उसलाई सिध्याइसकेपछि भने त्यो लाशको माया लाग्दो रहेछ।त्यो मेजरको लाश उठेर मलाई वुट वजार्ला जस्तो थिएन। त्यो त ढलेको थियो, निन्द्रा मा भए जस्तो ! रगतमा लतपतिएको, माया लाग्दो!!"
सरिता "मेरो आँखा त्यसै त्यसै रसायो। वुवालाई सम्झेँ।वुवा कराएको सम्झेँ,चिच्याएको सम्झेँ।ध्वाँसे मलाइ हेरिरह्यो।एक चोटी त मन लाग्यो म चिच्याउँ उसको अघि, आखिर के पायौ तिमीहरुले भनेर !"
ध्वासे
"उसको विहामा गएर एउटा विद्रोहको इतिहाँस रच्ने योजना मैले परिवर्तन गरेँ। "
"युद्द कहिल्यै आफ्नो हुन्न।जितुन्जेल आफ्नो जस्तो लाग्छ। सँगै वस्ने त उही घाउका खाटाहरु न हुन। जित त एउटा उन्माद न हो, पानी फोका जस्तो, गर्जिउन्जेल देखिन्छ ,विलाउँछ।"
"आखिर उही युद्द लड्ने भए, मर्ने मान्छे कसै न कसैको आफ्नो मान्छे हुन्छन् ।"
"किन किन सरितामा मैले त्यो दिन मास्टरको वुढी देखेँ। ... गवान उ राम्ररी नै वसिराखेको होस्। कुनै दिन मैले उसलाई पनि यस्तै हालतमा भेट्टाएँ भने ,कसरी माफ गरौँ आफूलाई? जीवनमा कहिलेकाहीँ आफूले गरेको गल्तिले खेदाई खेदाई पिरोल्छ।"
फुच्चे, यो कथा (कथा पनि के भन्ने नेपालको एक कालखण्डको ब्यथा जसमा जोकोहि एक न एक पात्रमा आफु पाउन सक्छ) को बहाब र घटनाक्रम संगै प्रतुतीले जो कोहीलाइ बाध्न सक्छ , सोचमग्न पार्न सक्छ , पाठ पढाउन सक्छ | उपन्यासको रुपमा आएर पढ्न पाउँ !!