Posted by: cybernepali May 21, 2014
२०,००० नेपालीले लिए अमेरिकी नागरिकता ६५,००० ले ग्रीनकार्ड
Login in to Rate this Post:     0       ?        

किशोर पन्थी /न्युयोर्क

            अमेरिका आउने र स्थायी रुपमा बसोबास गर्ने नेपालीहरुको संख्या गुणात्मक रुपमा बढ्दो रहेको छ । अहिलेसम्म २० हजारको हाराहारीमा नेपालीहरुले अमेरिकन नागरिकता लिइसकेका छन् भने सन् २००३ देखि अहिलेसम्म ग्रिनकार्ड लिने नेपालीहरुको संख्या ६५ हजारको हाराहारीमा पुगिसकेको छ । सन् २००३ देखि सन् २०१२ सम्म विभिन्न तरिकाले ५२ हजार ५ सय जना नेपालीले विभिन्न तरिकाले अमेरिकाको ग्रिनकार्ड लिएको युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । 
           सन् २००३ देखि सन् २०१२ सम्म अमेरिकन नागरिकता लिने नेपालीहरु कस्ता नेपालीहरु थिए ? उनीहरुमध्ये कतिजना पुरुष र कतिजना महिला थिए ? कुन वर्ष कुनकुन राज्यमा बस्ने कतिजना नेपालीहरुले अमेरिकन ग्रिनकार्ड लिए ? अमेरिकन ग्रिनकार्ड लिने नेपालीहरु कुनकुन पेशामा आवद्ध रहेका छन् ? कुन कुन तरिकाबाट कतिजना नेपालीहरुले अमेरिकन नागरिकता लिए ? हामीले यसपटकसम्म सम्पूर्ण विवरण प्राप्त गरेका छौं । यो विवरणबाट १० वर्षको अवधिमा ग्रिनकार्ड लिने ५२ हजार ५ सय नेपालीहरुको नालिबेली स्पष्ट हुन्छ । 
          यो विवरण अमेरिकामा रहेका नेपालीबारे जानकारी लिन , अध्धयन अनुसन्धान गर्न र शोध गर्न चाहनेहरुका लागि मात्र नभई आम पाठकका लागि पनि उपयोगी हुने हामीले ठानेका छौं । तर यो विवरण कुनै शोधपत्रमा समावेश गर्न वा ब्यापारिक प्रयोजनका लागि उपयोग गर्नका लागि भने युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी वा खसोखास साप्ताहिकको अनुमति लिन जरुरी छ । हरेक वर्षको छुट्टाछुट्टै विवरण दिइएकाले कुनै पनि विषयमा १० वर्षकै एकमुष्ठ विवरण चाहिएमा सबै वर्षको जोडेर लिन सकिनेछ । 



 



खसोखास साप्ताहिकको वर्ष ३ अंक १८ पूर्णाङ्क ११९, बिहीवार, जेठ १–७, २०७० मा प्रकाशित । 

- See more at: http://khasokhas.com/news/373#sthash.OV0RyeDQ.dpuf
Read Full Discussion Thread for this article