Posted by: _____ May 20, 2014
नया सम्झौता अनुसार मूल भट्ट ले मासिक १० लाख पारिश्रमिक पाउने
Login in to Rate this Post:     0       ?        

पशुपतिको मूल भट्टको तलब मासिक १० लाख

  • बिहीबारदेखि पूजा सूचारु हुने

मूल भट्टको श्रीमती र दुई सन्तानलाई विदेश जाँदा-आउँदा जहाज भाडासमेत कोषले उपलब्ध गराउने सहमति भएको छ ।



Pashupatinath.jpg

काठमाडौ, जेष्ठ ६ - ४१ दिनदेखि ठप्प भएको पशुपतिको विशेष पूजा विहीबारदेखि सुचारु हुने भएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषका सदस्य र भट्टबीच भएको वार्तापछि विशेष पूजा सुचारु गर्ने सहमति भएको हो । कोषका सदस्य सचिव गोविन्द टण्डनका अनुसार विशेष पूजा गरेवापत १८ प्रतिशत थप तलब भत्तालगायतका सेवा सुविधा दिने सहमति भएको जानकारी दिए । 'बढ्दो महंगीअनुसार पनि हामीले सेवासुविधा थप गरेका हौं । अब विहीबारदेखि पूजा सुचारु हुन्छ', उनले भने, 'यसमा सबै भट्ट पुजारी सहमत हुनहुन्छ ।'

१८ प्रतिशत थप सेवा सुविधा मूल र अन्य तीन जना भट्ट पूजारीले पाउने छन् । अब मूल भट्टले  १० लाख र अन्य तीन जनाले ७ लाख रुपैयाँ महिनावारी तलब भत्ता बुझ्ने छन् ।

अतिरिक्त पारिश्रमिक दिने व्यवस्था 'मन्दिर तथा पूजा व्यवस्था नियमावली' मा छैन । मूल भट्टको श्रीमती र दुई सन्तानलाई विदेश जाँदा-आउँदा जहाज भाडासमेत कोषले उपलब्ध गराउने सहमति भएको छ । सदस्य सचिवले टण्डनले भट्टले जहाज भाडा र दुई सन्तानलाई शैक्षिक बृतिबारे नियमावलीमा उल्लेख गर्दै भने, 'परिषदले नियमावली संशोधन गर्छ ।'

यसरी लामो सयमदेखि २५ प्रतिशत थप सेवा सुविधा माग गर्दै पूजारीले पूजा ठप्प पारेका थिए । पूजा ठप्प हुँदा दैनिक तीन लाख रुपैयाँ भन्दा बढी घाटा कोषले व्यहोर्नु परेको छ भने दर्शनार्थी निरास भएर र्फकन बाध्य छन् । डेढ महिनामा १ करोड ५० रुपैयाँ भन्दा बढी घाटा भएको छ । पूजारीहरुले हडताल गर्दा ठूलो आर्थिक क्षति भएको यो पहिलो पटक हो ।

प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुने गर्छन । विशेष पूजा वापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चनेसमेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ ।  

पशुपतिमा वासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद््री पञ्चामृत र सवा लाख बत्ती नामक विशेष पूजा गरिन्छ । यस्तो पूजा रोकिएकाले हिजोआज दर्शनार्थी फूलमाला मात्र चढाएर र्फकन्छन् ।  

प्रकाशित मिति: २०७१ जेष्ठ ६ ०९:१२

- See more at: http://www.ekantipur.com/np/2071/2/6/full-story/389530.html#sthash.7h4Y4vfU.dpuf
Read Full Discussion Thread for this article