Posted by: _____ May 20, 2014
मूल भट्टको मासिक तलबभत्ता २ लाख २५ हजार
Login in to Rate this Post:     0       ?        

२० प्रतिशतमा मानेनन् पशुपतिका पुजारी


    pashupatinath

    काठमाडौ, जेष्ठ ६ - मूल र अन्य तीन भट्टले २० प्रतिशत कमिसन अस्वीकार गरेका छन् । पशुपति क्षेत्र विकास कोष कार्यसम्पादन मूल्यांकन समिति र भट्टबीच आइतबार राति अबेरसम्म भएको बैठकमा भट्टले कमिसन कम भएको भन्दै अस्वीकार गरेका हुन् । बैठकमा संस्कृति तथा नागरिक पर्यटन मन्त्रालय प्रतिनिधिसमेत सहभागी थिए । मूल भट्ट कोषका सदस्य भए पनि बैठकमा उपस्थित थिएनन् । 'मूल भट्ट सहभागी हुनुपर्ने हो, उहाँ नै आउनुभएन । समस्या जति लम्बिन्छ हामीलाई घाटा त्यति नै हुन्छ,' बैठकका एक सहभागी सदस्यले भने, 'हामीले भट्टसँग धेरै अनुरोध गर्‍यौं, निर्णयमा हस्ताक्षर नगरी हिंड्नुभयो । समस्या सुल्झाउन गाह्रो भयो ।'  बैठकमा भट्टहरूले राजीनामा दिने चेतावनीसमेत दिएको ती सदस्यले बताए ।

    यसअघि बिहीबार भएको छलफलमा कोषले १७ प्रतिशत कमिसन दिने तयारी गरेको थियो । पुजारीहरूले कमिसनको माग गर्दै ४० दिनदेखि विशेष पूजा ठप्प पारेका छन् । पूजा गरेबापत उनीहरूले कोषसँग २५ प्रतिशत थप तलब भत्ता लगायतका सेवा सुविधा दिनुपर्ने माग गरेका छन् । विशेष पूजा ठप्प हुँदा प्रत्येक दिन दर्शनार्थी निराश भएर र्फकन बाध्य छन् । वैशाख महिनामा मात्र १ करोड २० लाख रुपैयाँभन्दा बढी कोषलाई घाटा भएको छ ।

    कोषका सदस्य सचिव गोविन्द टन्डनले भट्टसँग संवाद जारी रहेको बताए । विशेष पूजा ठप्प भएकाले कोषलाई दैनिक ३ लाख रुपैयाँ घाटा भएको उनले जनाए ।

    प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुने गर्छन् । त्यसबापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चने समेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ । पशुपतिमा वासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद्री पञ्चामृत र सवा लाख बत्ती नामक विशेष पूजा गरिन्छ । यस्तो पूजा रोकिएकाले हिजोआज दर्शनार्थी फूलमाला मात्र चढाएर र्फकन्छन् । कोषका कर्मचारी र सदस्य भट्टलाई कमिसन दिने पक्षमा छैनन् । कोषले मूल भट्टलाई मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब भत्तालगायत सेवा सुविधा प्रदान गर्दै आएको छ । अतिरिक्त पारिश्रमिक दिने व्यवस्था 'मन्दिर तथा पूजा व्यवस्था नियमावली' मा छैन । मूल भट्टले आफ्नी श्रीमती र दुई सन्तानलाई विदेश जाँदा-आउँदा जहाज भाडासमेत दिनुपर्ने माग गरेका छन् ।

     

    प्रकाशित मिति: २०७१ जेष्ठ ६ ०८:५५

    - See more at: http://www.ekantipur.com/np/2071/2/6/full-story/389471.html#sthash.7MNpQWZg.dpuf
    Read Full Discussion Thread for this article