Posted by: magorkhe1 May 17, 2014
****जति गर्दा पनि मो:मो जुसी भएन ! ****
Login in to Rate this Post:     0       ?        
सजिलोकोलागी हामि कुखुराको छाती को प्रयोग गर्छौ नास र अरुले भने झैँ ममको लागि यो मासु निस्क्रिस्ट हो | यदि फुर्सद भए कुखुराको साप्रोको मम बनाएर खानुस:
मेरो मम बनाउने प्रबिधि :
मलाइ पसलको किमा मन पर्दैन : किनकी मरमसला हालेर मल्दा लेदो जस्तो हुने र मम पोकोपार्न असजिलो लाग्छ |
कुखुराको साप्रो : छालाकाडेर मासु छुट्याउने अनि सानो सानो टकरा पारि मिक्स्चर मा ग्राईण्ड गर्ने (एकनासले किमा बन्ने हुदा सानो टुक्रा परेको ) मकै दाना जस्तै हुँदैमा निकाल्छु | छ्यापी बिनाको मम मम नै हैन जस्तो लाग्छ | बल्ल घैटोमा घाम लाग्यो अदुवा भडुवा हो भनेर ! सोयासस को प्रयोगले पनि जुसी बनाउन सहयोग गर्छ भने स्वाद मा पनि तब्दिली हुने हुदा 2-४ ओटा बनाइ परिक्षण गर्न सक्नु हुन्छ, पास र फेल नतिजा तुरुन्तै पाउनु हुनेछ ( सके सम्म थोरै मात्र हाल्नु होला)
मम को स्वाद बडाउने काम अचारले गर्छ _ अर्थात् सुनमा सुगन्ध थपे झैँ !
Read Full Discussion Thread for this article