Posted by: Rahuldai May 17, 2014
****जति गर्दा पनि मो:मो जुसी भएन ! ****
Login in to Rate this Post:     0       ?        
केही थप कुराहरु !
१. छ्यापी भन्नाले अंग्रेजी मा Shallots  र यो दुइ तीन दाना राख्दा स्वाद महाबौद्धको नाङ्ग्ले म:म : को स्वादको झझल्को  दिन्छ | 

२. १/४ भाग पोर्क मिसाउँदा जुसी हुने हैन , पोर्कले मसला सामात्छ र हाइब्रिड मासु को स्वाद ठुलो खसीको स्वादसंग मिल्दो जुल्दो हुन जान्छ | चिकेन मात्र हुँदा ज्यादै सफ्ट भएर मासु नै बिलाए जस्तो हुन जान्छ | 

३. जुसी बनाउने मूल अवयव भनेको प्याज, छ्यापी र अलिकति घिउ ले हो | 

४. लशुन हाल्नै  पर्छ तर भुलेर पनि अदुवा हाल्नु हुँदैन | अदुवा भडुवा हो म:म: को हक मा | 

५ . यति कुरामा ध्यान पुर्याए र सिंगो म:म: ( टुक्रा न पारी ) र अचार न हाली क्वाप्प खानुस्, जुसी मात्र हैन बसन्तपुर वरिपरी टपरीमा खाएको म:म: भन्दा स्वादिलो हुने छ , ग्यारेन्टी छ | 

Last edited: 17-May-14 09:13 AM
Read Full Discussion Thread for this article