Posted by: Rahuldai May 16, 2014
****जति गर्दा पनि मो:मो जुसी भएन ! ****
Login in to Rate this Post:     3       ?         Liked by
मीठो म: म : बनाउने शान्दार् तरिका।


चिकेन म:म:
******************
सामाग्रीहरु


१ पाउण्ड् ग्राइन्ड् चिकेन मा १/४ ग्राइण्ड पोर्क, १ गोटा ठिक्क साइज को प्याज
२ गोटा छ्यापि
अलिकति बन्दा( न राखे नि हुन्छ)
१ पाउन्ड् पीठो (५० ओटा भएको गोलो र्‍यापर्)
मसला-
जिराको धुलो, नून, हल्दी, गरम् मसला, Kitchen King ( इण्डियन स्टोर मा पाइने मसला )
छ भने दाल्चिनि को धुलो
घिउ वा बटर्


तरिका
***********
1-मासु, अनि गाइन्ड् गरिएको प्याज छ्यापि र बन्दा सहित मुछ्ने मसला हाल्दै। तोरि को तेल छ भने अझ मीठो बासना दिने हुन्छ। घिउ पनि हाल्ने। अझ मुछ्ने।


2-र्‍यापर् को भन्दा नि पीठो मुछेर बनाउदा मीठो हुने हुन्छ। अल्छि न लागे, पीठो मा पानी थोरै हाली मुलायम् हुने गरि मुछ्ने। रोटि बनाउन लायक भए पछि स सानो डल्ला बनाउने( आफ्नो मुख को साइज अनुसार् म: म: बनाउने साइज को डल्ला )।
अनि बेल्ना ले पेलेर रोटि बनाउने, बेल्नाको अभाव छ वा बुढिको डर ले लुकाउनु भए छ भने २ ओटा स्टिलको प्लेटको बिचमा पीथो को डल्ला राखेर बेस्सरि च्यापे नि रोटि बन्ने हुन्छ। अथवा हातैले औलाले थिची थिची पनि बनौन सकिन्छ।


3-अब पीठो को ससानो रोटिमा मासुको डल्ला हल्ला न गरि हाल्ने। अनि अाफ्नो ढंगले म:म: लाई आकार प्रकार दिने।


4- म: म: पकाउने भाडाम हाल्ने।


5-पानी पहिले नै उमाल्ने र उम्लेको पानीमा काँचो म: म; हाले पछि करीब ६ डेखि ८ मिनेट् सम्म ढक्कन बन्द गरेर पकाउने।
तयार भो म: म:


म: म: खाने तरिका।
********************


1-ताततातो सिङ्गो म:म: खाने।
2-असलि स्वाद् म: म: को हुने भएको ले अचार लाइ कम् बिचार् गर्ने।
3- म: म: लाई एक् दिन बासी गरेर (फ्रीजमा हालेर फेरि) भोलि पल्ट हल्का तेलराखेर फ्राइ गरेको म:म: स्टीम म: म्: भन्दा मीठो हुने कुरा ३५ बर्षको अनुभवले बताउंछ।
अस्तु!

http://sajha.com/mobile/info.cfm?threadid=78522&showall=1&lastpagestart=2
Read Full Discussion Thread for this article