Posted by: cybernepali May 16, 2014
American Recreational Center बाहिर गाडी बिग्रेको कारण गायक / नेता संजय श्रेष्ठलाइ ट्राफिक प्रहरीले हप्काए
Login in to Rate this Post:     0       ?        
Follow · May 14 · Edited 

आज बेलुका परिवार सहित बाहिरबाट घर फर्किने क्रममा अकस्मात मेरो गाडी राजदरबार देखि केसरमहलको बीच बाटोमा बन्द भयो / मैले बाटोको साइडमा गाडी रोके/ केहि बेर स्टार्ट गर्ने प्रयास गरे तर भएन / यतिकैमा पर बाट एउटा प्रहरी walkie talkie बोकेर हाम्रो गाडी भएको ठाउँमाआएर "क भयो,किन रोक्नु भाको " भनेर प्रश्न गरे/ मैले भने "मेरो गाडी स्टार्टबन्द भयो यसकारण रोकेको "/ उसले भन्यो " १० minute मा तपाइको गाडी बनेन भने तपाइको license number , नाम अनि गाडीको number टिपाउनु पर्छ " / मलाई अचम्म लाग्यो र सोधे "किन?" / उसले भन्यो "यो बाटो american recreation सेन्टरको अगाडी परेकोले यहाँ रोक्न मिल्दैन /" मलाई अलि रिस उठेर उसलाई जवाफ दिए " यो बाटो तपाइको american recreation centerko बाऊको हैन , म एउटा नेपाली हुँ र मैले मेरो गाडी राजाको दरबार अगाडि रोकेको छु अनी मलाई कुनै सोख लागेर यहाँ रोकेको हैन, र यसरी आपत पर्दा रोक्ने मलाई अधिकार छ, म मेरो नाम पनि दिन्न , license नम्बर पनि दिन्न, तपाईंलाई जे गर्नु छ गर्नुश " भनेर भनिदिये/ उ मेरो झ्यालमै आएर बुझाउने प्रयास गर्न थाले, आफ्नो बिबश्ता भन्न थाले, यत्तिकैमा गाडी स्टार्ट भयो र म त्यहा बाट हिंडे/
राजदरबार बाट केसारमहलको बाटोमा पर्ने जाबो त्यो american ले खेल्ने ठाउको त्यत्रो सुरक्षा? यहाँ कैयन नेपालीहरु दिउसै असुरक्चित छन् / हामीले हाम्रै देशमा सडकमा केहि पर्दा रोकिनकोलागि ति बिदेशी संग अनुमति लिनु पर्ने ? त्यहि अगाडिको राजदरबारको त्यति सुरक्षा छैन तर तिनीहरुको खेल्ने मैदानको त्यत्रो हैकम ? त्यो पनि हाम्रै देशमा अनि हामी माथि नै ? मलाई लाग्छ हामीसबैले यसको कडा बिरोध गर्न पर्छ / यो बिदेशीहरुको प्रभुत्वाबाद हो, बिस्तारबाद हो/ हामी आफ्नै देशमा कसैको गुलाम भएर बस्न सक्दैनौ / हामी नेपालीहौ , जसको रगतमा बिरता छ ...जय देश
PLEASE SHARE AND SPREAD THIS UGLY FACT.....


Read Full Discussion Thread for this article