Posted by: Rahuldai May 15, 2014
बुद्धम शरणं गच्छामी _"तथागत बुद्ध घर फर्किंदा"
Login in to Rate this Post:     0       ?        
Ne0,
बुद्धम शरणं गच्छामी ........

कर्ने,
ज्ञान बर्धक थियो नै मेरो लागि पनि |

Happylotus 007
यो कथा फेक थियो वा थिएन अनुसन्धानको बिषय होला | तपाइँ को बिचारमा गेक थियो भने सत्य के थियो त ?? कथामा मैले बर्णन गरेको दृश्य संग मिल्दो जुल्दो एउटा पौराणिक चित्र पनि मैले राखेको छु | केही त सत्य छ यसमा | फेक त बुद्ध काखीबाट जन्मेको , जन्मिने बित्तिकै ७ पाइला पूर्ब तिर हिडेको . चोर औला ठड्याई संसारबाट दुख पिडा हटाउन जन्मेको ..............आदि आदि किस्साहरु फेक हुन् | एउटा मानव को सन्तानबाट यस्तो क्रिया प्रक्रिया हुनै सक्दैन | आदरणीय भिक्षुगण अझै यिनै कथा स्युनाउदै हिडेका छन् | गुल्पा र चिबर लगाई , बिहारमा बस्ने तर सम्पूर्ण भौतिक सुख सुबिधा उपभोग गर्ने यिनीहरु फेक हुन् |

थाने,
मैले नि सानै देखि सुन्दै आएको धेरै कथा , तर यो कथा ठुलो भए पछि मात्र सुन्न पाएँ |

बाघ दाइ
शिद्धार्थ र यशोधरा बीच ठ्याक्कै यही कुरा भा हो कि हैन त्यो थाहा हुने कुरा भएन, त्यो बेला रेकर्ड गर्ने यन्त्र बनिसकेको थिएन होला | तर जहाँ सम्म मलाई लाग्छ , यस्तै कुरा भाको हुनु पर्छ , जो सम्भव छ र प्राग्मातिक पनि छ |

quickseler,
बुद्धम शरणं गच्छामी

Kiddo,
मैले बुद्ध दर्शन लाई religion भनेको छैन | भगवान भन्नु वा मान्नु अनुयायीहरुको काम हो | मैले भगवान वा तथागत शब्दको प्रयोग गर्नाको कारण आम जनताको भाषा प्रयोग गरेको हुँ | कसैले कुनै गुरु , दार्शनिक लाई भगवान मान्छ भने दोष गुरु- दार्शनिकको हुन्दैन |

सबै भन्दा आश्चर्यजनक कुरा के हो भने -बुद्धले आफ्नो मुर्ति न बनाउनु , पूजा नगर्नु भनेर निर्वाण प्राप्त गर्नु अघि भनेका थिए | आज संसारमा सबै भन्दा बढी मूर्ति कसैको छ भने त्यो बुद्धको हो | जसलाई पूजा गरिन्छ |
Read Full Discussion Thread for this article