Posted by: Ritto Haat May 14, 2014
गजल
Login in to Rate this Post:     5       ?         Liked by
फरक संसार, फरक दृश्य , तर ! हिड्ने बाटो उस्तै ,
देखाई फरक, भोगाई फरक ,जीवन जिउने पाटो उस्तै l

अग्ला महल , सुन्दर शहर, समुन्द्रको तट बेग्लै ,
नयाँ रमझम , हरपल तर , बल्झिरहने खाटो उस्तै l

नयाँ युग , नयाँ सोंच , नयाँ आयाम बोके पनि,
तछाड-मछाड , ठुलो सानो , आपसमा फाटो उस्तै l

लक्ष्य नयाँ, सपना नयाँ , बुन्दै श्रम बेचे पनि ,
सुनौलो घाम नझुल्किने , भाग्यको त्यो टाटो उस्तै l

फरक संसार, फरक दृश्य , तर ! हिड्ने बाटो उस्तै
देखाई फरक, भोगाई फरक ,जीवन जिउने पाटो उस्तै l
Read Full Discussion Thread for this article