Posted by: _____ May 8, 2014
अक्षयकुमारले किन गर्दैछन् नेपालको बेइज्जति
Login in to Rate this Post:     0       ?        

अक्षयको फिल्म युनिटले पैसा नतिरेपछि लफडा

२०७१ वैशाख २५ गते १६:१२ मा प्रकाशित

२५ बैशाख, काठमाडौं । नेपालमा सुटिङ गर्न बलिउड अभिनेता अक्षय कुमारलाई लिएर आएको फिल्मी युनिट २५ लाख भारतीय रुपैयाँ नतिरी फर्कन खोज्दा लफडामा परेको छ ।

उक्त भारतीय फिल्म युनिटलाई नेपालमा सहयोग गरेको रामकृष्ण पोख्रेलको ‘अाइसफल’लाई २५ लाख भारतीय रुपैयाँ नतिरी हिँड्न खोज्दा पोख्रेलको टीमले भारतीय टोलीका सरसामान नियन्त्रणमा लिएको थियो । तर, भारतीय पक्षले नेपाल प्रहरी गुहारेपछि पोख्रेलको टीमलाई प्रहरीले गौशाला प्रहरी प्रभावमा ल्याएको छ । अभिनेता अक्षय कुमार बुधबार नै फर्किसकेका छन् भने भारतीय फिल्म युनिट आज फर्कदैछ ।

प्लेन छुट्यो, ५० लाख घाटा भएको भारतीय दाबी
भारतीय युनिट विहीबार विहानै ७ बजे र्फकने कार्यक्रम रहेकोमा नेपालीहरुले सामान कब्जामा लिएपछि प्लेन छुटेको छ । भारतमा पनि शुटिङमा जानुपर्ने भएकाले सामान लैजाने तर एक व्यक्ति यतै बसेर पैसा तिर्ने भन्दा नेपाली युनिटले नमानी सामान कब्जामा लिएको भारतीय पक्षको गुनासो छ ।
विहीबार बिहानको प्लेन छुटेपछि आफूहरुलाई ५० लाखको क्षति भएको भारतीय पक्षले दाबी गरेको छ । नेपाली पक्ष र भारतीय पक्षीवीच गौशाला प्रहरीले समझदारी गर्ने प्रयास गरेको छ । नेपाली युनिटलाई पक्राउ गरिएको नभएर भारतीय पक्षसँग छलफल गराउन मात्र कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ ।

यसरी भयो झगडा 
बुधबार साँझ सुटिङ सकिएपछि नेपाली र भारतीय टोली बील भरपाई जोडघटाउमा लागेको थियो । त्यसैक्रममा सुटिङका लागि जम्मा गरिएको भीडको खर्चका विषयमा विवाद भएपछि हिसाब मिलाउन राति अबेरसम्म लागेको थियो ।
त्यसैक्रममा पैसा नतिरी जान पाइदैन भन्दै नेपाली टोलीले पाँच करोड मूल्य बराबरका क्यामरा भएको गाडी कब्जामा लिएको थियो ।
बिहान ७ बजे भारतीय टोलीले दुई व्यक्ति नेपाल मै बसेर पैसा बुझाउने भन्दै आफूहरु सुटिङका लागि टर्की जानुपर्ने भएकाले क्यामरा दिन आग्रह गरेका थिए । तर नेपाली टोलीले पैसा नदिई फिर्ता नदिने भनेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
क्यामेरा कब्जामा लिने नेपाली टोलीले प्रहरीको कुटाइ पनि खाएको छ । भारतीय पक्षले २५ लाख तिर्ने तर, ७५ लाखको क्षतिपूर्ति नेपालीले तिर्नुपर्ने अडान राखेको छ । तर, उक्त २५ लाख पोखरेलको टोलीलार्इ नभर्इ चलचित्र प्राविधिक संघलार्इ बुझाउने र क्षतिपूर्तिका लागि मुद्दा हाल्ने भारतीय पक्षको अडान छ ।

यसैबीच नेपालस्थित भारतीय दूतावासले पनि यस विषयमा चासो देखाएको छ ।

स्क्रिप्ट फेरेर विमानस्थलमा शुटिङ

अक्षयकुमारले नेपालमा सुटिङ गरेको यो फिल्मले नेपालको राष्ट्रियता र त्रिभुवन विमानस्थललाई असर पर्ने दृश्य खिच्न लागेपछि सुटिङ गर्न रोक लगाइएको थियो । तर, फिल्म निर्माण पक्षले स्क्रिप्ट परिवर्तन गरेर आएपछि बुधबार विमानस्थलमा फिल्म सुटिङ भएको छ ।

नेपालको बिमानस्थलमा दुब्र्यबहार हुने दृष्य फिल्म राखिएको थियो । स्त्रिmप्टबाट त्यस्तो दृष्य हटाइएको भनेपछि बिमानस्थल प्रशासनले अक्षयकुमारलाई फिल्म सुटिङ गर्न अनुमति दिएको थियो ।

- See more at: http://www.onlinekhabar.com/2014/05/197011/#sthash.JqisRxJK.dpuf
Read Full Discussion Thread for this article