Posted by: Jhapali_Thito May 5, 2014
पण्डितले नदेखेका देश 'ठग्ने’ हरू
Login in to Rate this Post:     0       ?        
http://www.ekantipur.com/nepal/article/?id=6820

मन्त्री आतंक

मेरा पनि थिए केही डीभी-पीआरवाला कर्मचारी मित्रहरू। निकै वर्षदेखि उनीहरूको ओहोरदोहोर चलिरहन्थ्यो उताका सुखी-सम्पन्न मुलुकहरूबाट यताको दुःखी-विपन्न देश नेपालसम्म। उनीहरू अत्यन्तै महत्त्वपूर्ण काम सम्पन्न गर्न मात्र यता आउँथे। जागिर थमौती गरी राख्न, यता भएका घरघडेरी वा सम्पत्ति तह लगाउन, अंश लिन इत्यादि। अरू झीनामसिना कामका लागि उनीहरू आउन भ्याउँदैनथे। पेन्सन बुझ्ने वा कुनै आर्थिक सुविधा प्राप्त गर्ने अथवा बाबुआमा मरेकाहरूले ब्याक डेटमा काजकिरयिा गर्नेजस्ता सामान्य कामहरू गर्नु छ भने त्यही बेला भ्याउँथे र फर्किन्थे।

आउँदा साथीहरूले हामीलाई पनि भेट्थे। हर्रहर्र पूरै अफिस नै मगमगाउँदै, घाँटीमा टिलिक्क टल्कने सुनको सिक्री र टाउकामा कालो चस्मा अड्याएर हाम्रा अगाडि उनीहरूले उपरखुट्टी लगाउँदा हामीलाई दसैँ आएजस्तो हुन्थ्यो। चकलेट बाँड्थे। चकलेटसँगसँगै मीठामीठा गफ सुनाएर हामीलाई धन्य बनाउँथे। अमेरकिा, क्यानडा, बेलायत, प|mान्स वा जर्मनीका सुखसुविधा र वैभवका कथा सुनाएर हामीलाई वाल्ल पार्थे। त्यहाँको सरसफाइ, त्यहाँको हरयिाली, सडक, रेल, सयौँ तले गगनचुम्बी भवनहरू, आफ्नै फ्ल्याट, आफ्नै गाडी, व्यापार, व्यवसाय, डलरको आम्दानी, बियर, स्याम्पेन, जुस, बर्गर, हटडग के के हो के के, सम्पूर्ण भौतिक सुखको प्राप्ति। मानाँै स्वर्ग भनेको त्यही हो। त्यहाँको सरकार, त्यहाँको प्रहरी प्रशासन, शान्ति सुरक्षा, स्वास्थ्यको ग्यारेन्टी, बेरोजगारलाई भत्ता...! कुरा सुन्दासुन्दै हामीलाई उडौँ उडौँ जस्तो बनाउँथे।

हामी उड्न उड्न लागेको चाल पाएपछि उनीहरू हाम्रो देशलाई उडाउन थाल्थे। यताको धूलो, धूवाँ, गाडीको जाम, भत्केका साँघुरा सडक, फोहोरको रास, दुर्गन्धित नदीनाला, उजाड भीरपहराहरू, अनुशासनहीन जनता, सरकारी ढिलासुस्ती, भ्रष्ट सरकार, अदूरदर्शी र असभ्य दल एवं नेताहरू, घुस्याहा प्रहरी प्रशासन इत्यादि अनगिन्ती विकृति र विसंगतिका शृंखला हाम्रा अगाडि तेस्र्याएर हामीलाई नीलो बनाउँथे। देशभित्रका दसै दिशामा एक थोपा पनि उज्यालो उनीहरू देख्दैनथे। यो अशान्त, अशिक्ष्ाित, असभ्य र हरतिन्नम देशमा के कुरेर बस्नु भन्दै उनीहरू हामीलाई मरौँ मरौँ जस्तो पार्थे। आत्महत्या गरौँ गरौँ जस्तो पार्थे।

आत्महत्या गर्ने जस्तो डरलाग्दो सोचबाट मुक्त हुन म भन्थेँ, "साथी चिया खाऊँ है ! "

उनीहरू भन्थे, "जुस खाऊँ न !"

म भन्थेँ, "जाऊँ न त गफ गर्दै जुस पसलसम्म।"

उनीहरू भन्थे, "बाहिर त धूलोले निसासिन्छ। ट्याक्सी बोलाउनूस् न !"

यस्ता टिपटप बहुराष्ट्रिय नवपश्चिमा मित्रहरू थिए मेरा।

तिनै मित्रहरूमध्ये एक जना मित्र भर्खरै पनि आएका थिए। यसपालि उनी सधँैजसो उत्साही देखिएनन् बरू आक्रोशित भेटिए। उनी कोठामा पस्नेबित्तिकै मसँग जंगिन पो थाले, "त्यो लालबाबु भन्ने पण्डितलाई कसले मन्त्री बनायो ? मन्त्री भएर यस्तो आतंक मच्चाउन पाइन्छ ? यो देशको हालत त्यस्तै यस्तो भा' हो र ! यस्तै मन्त्रीहरूले गर्दा हो। ल हेर्नूस् त मेरो पेन्सन पाक्न एक वर्ष पनि बाँकी थिएन, अब बर्बाद भएन ? यहीँ अफिस थियो र न नेपाल आइरहिन्थ्यो। अब त आउन पनि नपाइने भो। बाबु मर्दा त आइएन आइएन, आमाका पालिमा पनि नआइने भो ! यहाँ एक-दुई ठाउँमा घडेरी थियो, त्यो पनि बेच्नुपर्ने भो। देश भनेर हामीचाहिँ मरमिेट्ने, मन्त्री भने हाम्रा पछाडि हात धोएरै लाग्ने ? मन्त्री भएर यस्तो आतंक मच्चाउने ? कस्तो देशमा जन्मिएछ गाँठे ! सतीले सरापेको देश भनेको ठीकै रहेछ।"

मित्रले देशलाई सरापे, मन्त्रीलाई सरापे र अझै केही समय त्यो आतंककारी मन्त्रीको पाइन जाँच गरेर अगाडिको कदम चाल्ने कुरा दाह्रा किट्दै मलाई सुनाए। मैले पनि वाल्ल परेर उनका कुरा सुनिरहेँ।


Read Full Discussion Thread for this article