Posted by: ujl May 1, 2014
कोमल
Login in to Rate this Post:     1       ?         Liked by
उनले भनिन, "तिमीलाई मन पर्ने कुरा मैले आगोमा पोल्न थालेकी छु I" कति पोलेको आलू खाने यो जिन्दगीमा भनेर सुत्न गए म I उनि बिस्तारामै आलू लिएर आइन I मैले खन्न भनेर जिद्दी गरे I उनले मान्दै मानिनन I एउटा आलू खानै पर्यो रे ! "ए बाबा, यो जिन्दगि नै पुरै आलू जस्तै भैसकेको छ, तिमी मलाई कत्ति आलू दिन्छौ," मैले कोल्टे फेर्दै भने I नखाए नाखानुस भन्दै कोमल भान्छातिर लागिन I

कोमल र मेरो विवाह सात बर्ष अघि धापासीमा धुमधाम संग भएको हो I नेपाली परम्परा अनुसार माघी बिहा गरेको हामी दुइ दम्पत्ति को जीवनमा निकै उतार-चडावहरू आए तर पनि हाम्रो मायाको गाडी निरन्तर रुपले बडी रहेको छ I उनको नाम मात्र कोमल होइन, उनको मिजास पनि कोमल छ I तर आजभोलि उनीमा निकै परिवर्तन आएका छन् I झर्किन थालेकी छन् उनि मसंग बिनासित्ती I अब हिजो पोलेको आलू खाएन भनेर बोल्दै बोलिनन मसंग I फेरी कोमल रिसाए पछि मनाउन निकै गारो हुन्छ, तर मेरो लागि खुसीको कुरा के भने उनलाई मनपर्ने फलफुल किनिदियो भने उनको ओठमा फेरी मुस्कान आउँछ I

झोला भरि अंगुर बोकेर म आफिसबाट घर तर्फ लागे I हिजो आलू खाएन भनेर कोमल मसंग अझै रिसाएकी छिन् I उनको मनपर्ने फल अंगुर देखने बित्तिकै उनको रिस गायब हुन्छ भन्नेमा म पूर्ण बिस्वस्त थिए I "त्रिङ्ग त्रिङ्ग," मैले घरको घन्टी बजाए....

......क्रमश

Read Full Discussion Thread for this article