Posted by: gairamailo May 1, 2014
एक कविता
Login in to Rate this Post:     1       ?         Liked by
भो अब धेरै दु:खको कुरा नगर साथी
दु:खको कुराले रसिन्छ आँखा,कुडिञ्छ छाती
सबैको आ-आफ्नो भागभोगको कुरा हो
तिम्रो दु:ख सायद अरु कसैको सुख भो

कोहि एक छाक खान नपाएर दुखी
कोहि एक सरो लाउन नपाएर दुखी
कोहि आफन्तको वियोगमा दुखी
कोहि आफ्नो प्रेममा हारेर दुखी

कसलाई बढि दु:ख छ भन्ने यहाँ
त्यो नाप्ने तराजु किन्न पाइन्छ कहां
मान्छे पिच्छेका आ-आफ्ना कथा छन्
कसैका कथा मिठा छन्
कसैका धेरै नै तिता छन्

सुन,समयको खोलाले पखाल्छ दु:खलाई
दु:ख-सुख आलो पालो बाचुन्जेलिलाई
उपाय एउटै छ यहाँ हासिखुसी बाँच्न
सिक ब्यथालाइ मास्न
मिठो कथालाई साच्न

धन्यबाद |
Last edited: 01-May-14 12:21 PM
Read Full Discussion Thread for this article