Posted by: Rahuldai April 24, 2014
घोडे हात
Login in to Rate this Post:     1       ?         Liked by
थाने,
दन्त्य कथा संग संगै अन्त्य कथा नि पस्केको थिएँ -त्यति बेलाको काठमान्डूको | धन्यबाद टिप्पणीको लागि |

yacc जी

सत्य हैन त "बिजुली बत्ती, धाराको पानी पनि अब कथा भैसके छ | केही बर्ष पछी यो पनि डरावना कथा बन्ने छ |"???

भक्ते दाई
ट्याम मिलाएर त:बा हरुले कथेका कथाहरु सुनाउने छु |

लामोपुरी

यो कथाका अनेक भर्सन छन् | घोडे हात , भुत्ले हात , ख्याके अनुहार , अनुहार बिहिन अनुहार आदि इत्यादि | कथा भन्दा नि त्यति बेलाको परिस्थितिको चित्रण गर्न खोजेको हुँ |

रबि जी ,

हामी पनि त्यस्तै थियम | अझ एस एल सी दिंदा क्षेत्रपाटी चोकमा ट्युशन पढ्न जान्थे ...| कसैले ट्युशन न पढ्ने बिषय "नेपाली " मा म एक मात्र बिद्यार्थी अनि फर्किंदा रात को १० बज्थ्यो | क्षेत्रपाटी इखा पोखरी अगाडी त्यो बेला बडा गुरुज्यूको आलिशान दरबार को लामो पर्खाल थियो | यकातिर कन्या मन्दिर स्कूल र इखा पोखरीको पर्खाल | कुनै पसल सासल थिएँन | दरबारको छेउ मा छ्वास: थियो ( छ्वास := मर्दा पर्दा , मरेको मान्छेको भाग चढाउने ठाउँ | छ्वास: देखि डराएर क्षेत्रपातिको सिधा बाटो न आइ , थहिटी श्रीघर बिहार बाङ्गे मुढा, इन्द्रचोक हुँदै फर्किन्थे |

बाह्रमासे

त्यै बाल्यकालको झझल्कोलाई लिपिबद्ध मात्र गरेको हुँ |

जंगल बुक
अझै पनि त्यो पत्रिका पसल छ नै तर अर्कै ठाउँमा प्युखा जाने बाटोमा | संदेश गृह - ल्याण्ड मार्क पत्रिका पसल थियो | टाइम्स अफ इंडिया , हिन्दुस्तान टाइम्स आदि को लागि प्रख्यात | त्यो पत्रिका लिन भिड हुन्थ्यो | त्यति बेला सन् चांदीको भाउ त्यो पत्रिका आए पछि तय हुन्थ्यो सांझा ५ तिर | अझ देशमा केही घटना घट्यो र तत्कालिन पंचायती सरकारको बिरोधि कुरा पर्र्यो भने त्यो पसल मा झन् ठुलो भिड लाग्थ्यो किन कि अन्चलाधिश महोदयले पढीसके पछि आपत्ति जनक कुरा छ भने जम्मै पत्रिका अञ्चलाधिश कार्यालय ( हाल उपत्यका प्रहरी कार्यालय , रत्नपार्क ) भित्र जफत गरेर लैजान्थ्यो | पंचायतको दमन को एउटा कोशे ढुंगा संदेश ग्रिह पनि हो |

Kiddo जी
धन्यबाद , रमाइलो मानि पढी दिनु भयो |

कर्ने ,
डराई डराई साथी लिएर ट्वाइलेट जानु को मज्जा बेग्लै , अनि फर्किंदा " भूत वल- अर्थात भूत आयो " भनि दौडी आउनु को मज्जा बेग्लै |

Drogo जी

धन्यबाद |

arni 1101

भैरब अर्याल संग यो नाथेको तुलना गर्न मिल्दैन | भैरब अर्याल, केशब राज पिंडाली जस्ता लेखकहरु बिरलै जन्मिञ्छन यो धरतीमा |


Read Full Discussion Thread for this article