Posted by: Fuel Tank April 16, 2014
IPL को धेरैलाई थाहा नभएको कथा
Login in to Rate this Post:     0       ?        
भर्खर एउटा धागो देखेको थिएँ | ANSMACHINE ब्रो ले राख्नुभाको रैछ , IPL live हेर्ने लिंक भनेर | धन्यबाद ब्रो |
बिषय बस्तुमा प्रवेश गरम है त |
IPL भनेको त मेरो लागी क्रिकेट (धमालाको भाषा मा किरकेट ) नै होइन | यो त पैसाको खेती गर्ने भाँडो हो |
कपिल देव आफ्नो पालाको तेती ठुलो खेलाडी हुँदा हुँदै पनि कहीं कतै उनको नाम किन देखिंदैन त ?
धेरै वर्ष पहिले, IPL सुरु हुन भन्दा पहिले , ICL हो कि यस्तै नाम भाको लीग थियो (इन्डियन किरकेट लिग) भन्ने | जी TV को स्पोन्सोरमा सुरु भाथ्यो | त्यसमा नव्जोत सिंग सिद्दु पनि आबद्द थिए | पहिले २ टा सिजनमा ICL वाज अ बिग हिट | धेरै पैसा कमायो | खेलाडी हरु पनि खुशी सबै खुशी | अनि अहिलेको IPL टिम वोनरहरु (धनि मानी हरु छन् नि , के जाति माल्या, अम्बानी को को हुन्, उनीहरुलाई लोभ लगेर, they started lobbing BCCI. अनि उनीहरुले IPL खेलाउन सुरु गरे | तर ICL अझै पनि लोकप्रिय थियो, अनि BCCI ले उर्दी जारी गर्यो " जस जसले ICL खेल्छ त्यो कहिल्यै पनि इंडियाको नेसनल टिम बाट खेल्न पाउने छैन |" त्यसपछि ICL मा खेलाडी हरुको खडेरी पर्न थाल्यो | त्यतिले नपुगेर (ICC मा BCCI को कत्ति को पकड छ मैले भन्नु पर्दैन ) BCCI को सिफारिसमा ICC ले अर्को सुचना निकाल्यो | "ICL मा खेल्नेले कुनै पनि ICC अन्तर्गतको अन्तररास्ट्रीय खेलमा भाग लिन नपाउने |"
त्यसपछि ICL सुक्यो अनि IPL अहिले सम्मकै सबैभन्दा ठुलो पैसाको खेल भयो | आफ्नो स्वाभिमान नबेच्ने सिद्दु र कपिल देव ले त्यो कारण ले BCCI र ICC संग अबद्दाता नराखेका हुन् |

हाम्रो (SLC भन्दा अगाडीको) टेस्ट दिनी बेला ताका इंडिया-पाकिस्तानको टेस्ट म्याच थियो | तिनटा टेस्ट = १५ दिन सम्म किरकेट मात्रै हेरेर बसेको थिएँ | प्रत्येक बल हेरेको थिए | तेती धेरै किरकेट हेर्ने मान्छे हुँ तर आज सम्म IPL को एउटा पनि म्याच हेरेको छैन | (सन् २०१० मा पल कलिंगउडलाई माईक हस्सीले क्याच गरेको चै हेरेको छु, आई डोन्ट रिमेम्बर व्हिच टिम दे प्लेड फ्रम दो )
IPL boycott गर्ने थोरै मद्द्य एउटा हो : फ़िउल ट्यांक ( जर्किन )
 
अपडेट : हस्सीले गरेको क्याच को लिंक फेला पारेर यहाँ राखेको छु |

अपडेट २ : माईक हस्सी हैन, डेविड हस्सी रैछ , क्याच गर्नी | 
Last edited: 16-Apr-14 09:04 AM
Last edited: 16-Apr-14 09:50 AM
Read Full Discussion Thread for this article