Posted by: santoshlmn April 9, 2014
नसोध मलाई, आज किन होशमा छौ ?
Login in to Rate this Post:     3       ?         Liked by
माया बाँधिनुअघि विश्वासको डोरी फुकेछ
मैले पत्र लेखेपछि उनको कलमको मसी सुकेछ

उनलाई जित्न हरथोक हारेथें
परिबन्धले उनकोसामु पनि शिर झुकेछ

साँचो प्रेम ढाकिदैन भन्थे
तर साक्षी बस्ने समयनै कतै लुकेछ

समाजको नियम पनि कस्तो, सपनामा
मेरो लाश छुन पनि उनको हात रुकेछ

नसोध मलाई आज किन होशमा छौ
साथ दिने मदिरा पनि आजै चुकेछ

http://merasabdaharu.blogspot.com/
Last edited: 09-Apr-14 11:38 PM
Read Full Discussion Thread for this article