Posted by: ashishme April 9, 2014
Help Govinda Raj joshi
Login in to Rate this Post:     1       ?         Liked by
comments on social media:

----1)---भ्रस्टचारीहरुको हालत यो भन्दा पनि बत्तर हुनु पर्छ। ३ सन्तान , तिनै जना अस्ट्रेलिया र अमेरिका जस्तो सम्पन्न मुलुकमा हुँदा पनि अरु सित भीख माग्न लाज लाग्दैन ? पत्रपत्रिकाहरुमा एउटा निबेदन लेखेको भरमा लाखौ जम्मा हुन्छ भने आफुहरुले कमाएको डलर किन खर्च गर्ने भन्ने सोच होला। भ्रस्ट गोबिन्द राज जोशीले के देन दिए देश र जनता प्रति ? भएका ३ सन्तान सहित देशको नागरिकता त्यागेर विदेश पलायन भैसकेको त्यसैले नेपाल र नेपालहरुको लागि न त भ्रस्ट गोबिन्द राजको केहि देन छ न उसका छोरा छोरीको त्यसैल नेपाल र नेपालीहरुबाट सहयोगको अपेक्षा नगर्दा नै उचित होला।
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली जन समुदायमा हार्दिक अनुरोध - यस्ता देश र जनतामारा भ्रस्टहरुलाई सहयोग गर्नु भनेको भ्रस्टहरुलाई सम्मान गर्नु हो र भ्रस्टचारलाइ बढावा दिनु हो। त्यसैले सहयोगको हात बढाउनु भन्दा अगाडी हजार पल्ट सोचौ आज लाखौ को तादात मा हामी नेपालीहरु खाडी मुलुकमा नर्कको जिबन जिउन बाध्य पारिएका कारण यस्तै गोबिन्द राज जोशीहरुको कारण ले हो। गोबिन्द राज जोशीहरुले देशलाई लुटेर हरिकंगाल बनाइ आफ्ना छोरा छोरिहरुलाई अमेरिका र अस्ट्रेलिया अनि हामि सर्बसाधारण जनताका छोरा छोरीहरुलाई अरब देशका बालुवामा मर्न बाध्य पारेको कुरा घाम जस्तै छर्लंग छ। ---------


----2)------भर्स्ताचार गरेर दुनियालाई ठगेर दुनियाको रगत चुसेर कमायको पाप को फल हो -----

Read Full Discussion Thread for this article