Posted by: ktmdu March 24, 2014
सभासद्को सट्टा एसएलसी दिने पक्राऊ
Login in to Rate this Post:     0       ?        
सभासद्को सट्टा एसएलसी दिने पक्राऊ

सिरहा, चैत्र १० - संबिधानसभा निर्वाचनमा एमाओवादीबाट समानुपातिकतर्फबाट सभासदको उम्मेदवार भएका गंगा पासवानको सट्टामा एसएलसी परीक्षा दिइरहेका वीरेन पासवानलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

फूलबरीया मावि परीक्षाकेन्द्रमा पासवानको साटो परीक्षा दिंदै गरेको वीरेनलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । वीरेनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । जनसेवा उच्च मावि कर्जन्हाबाट रोल नम्बर ०१६२२८७यू भएका सभासद् पासवानको सट्टामा वीरेनले परीक्षा दिएका हुन् ।

पासमान र मावि फूलबरीया परीक्षा केन्द्रका केन्द्राध्यक्ष बिन्देश्वर महतो एउटै गाउँको भएकाले मिलोमतोमा नै नक्कली परीक्षार्थी राखेको हुनसक्ने अनुगमन टोलीको आशंका छ ।

स्थानीय जगदीश महतोका अनुसार सभासद् पासवान सामान्य लेखपढ गर्ने व्यक्ति हुन् । 'सामान्य लेखपढ गर्न जान्ने ब्यक्तिले कसरी टेष्ट पास गरे र एसएलसी दिनेसम्म भएँ अचम्मै लाग्यो', महतोले भने ।

जनसेवा उच्च मावि कर्जन्हाका प्रधानाध्यापक लक्ष्मी हाईले गंगा यसै विद्यालयबाट टेष्ट उत्तीर्ण गरेको दाबी गरे । उनले सभासद् पारवान बिद्यालय नआई अध्ययन गरेको दाबी गरे ।

सोमबार परीक्षामा जिल्लाबाट खटिएको निरीक्षण टोलीले १४ जना परीक्षार्थीसहित ६ निरीक्षकलाई नियम विपरीत काम गरेको भन्दै निश्कासन गरेको छ । निष्काशितलाई पुन जिम्मेवारी नदिन निर्देशतसमेत दिइएको जिल्ला शिक्षा अधिकराी दीलिप ठाकुरले बताए ।

औरही मावि परीक्षा केन्द्रमा ड्यूटीमा खटिएकी महिला प्रहरीलाई अभद्र व्यबहार गरेको आरोपमा औरही ३ का प्रविनकुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।

प्रकाशित मिति: २०७० चैत्र १० ०७:४२

source: http://www.ekantipur.com/np/2070/12/10/full-story/386224.html

मेरो कमेन्ट:- त अति नै भो देशमा,
Read Full Discussion Thread for this article