Posted by: Rahuldai February 25, 2014
हाम्रो माया.................
Login in to Rate this Post:     7       ?         Liked by

तिमीलाई पनि मलाई जस्तै "याद" ले सुमसुम्याउछ भने, 

कहिलेकाहिं त्यसै त्यसै छर्लंगै "रात" सुकसुकाउँछ भने , 


सम्झनु ...... हाम्रो प्रेम अझै अनिदो छ,

सम्झनु ....... हाम्रो प्रेम अझै जिउँदो छ |

 

हिड्दा हिड्दै दोबाटोमा अनायासै बिदाइको हात उठ्छ भने,

ठेस लागी लड्न खोज्दा सहारा दिने उही साथ खोज्छ  भने,   ,

 

सम्झनु.....  हाम्रो माया त्यै बाटोमा अझै छ,

सम्झनु....... हाम्रो छाँया त्यै माटोमा अझै छ |

,

शृङ्गारिंएर ऐना भित्र भित्रै आँखा टोलाईरहन्छ भने,

मिठो म्वाईमा लाजाएर भाखाहरु लोलाईरहन्छ भने,

सम्झनु.....  हाम्रो जवानी अझै बाँकी छ,  

सम्झनु.....  हाम्रो कहानी  अझै बाँकी छ |

Read Full Discussion Thread for this article