Posted by: cybernepali February 17, 2014
Paras Shah is back!
Login in to Rate this Post:     0       ?        


Parash-Shah

५ फागुन, काठमाण्डौँ । लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह सार्वजनिक जीवनमा अति सामान्य भेषभुषा र  केही दुब्लो स्वरुपमा देखा परेका छन् ।

थाइल्याण्डमा भएको एसीसी वुमन पि्रमियर क्रिकेटमा आइतवार नेपाल र छिमेकी राष्ट्र चीनविरुद्धको खेल हेर्नका लागि पूर्वयुवराज दर्शक बनेर उपस्थित भएका हुन् । लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह चियांगमाई जिमखाना क्रिकेट मैदानमा रातो कूर्ता र कालो ट्राउजरमा उपस्थित थिए ।

झट्ट हेर्दा कुनै धर्म गुरुजस्तै लाग्ने भेष, महिलाको जस्तो तर नबाटिएको लामो कपाल र टाउकोमा कालो चश्मामा सजाएका पारसले चीनविरुद्धको खेल पुरै समय हेरेका थिए ।

उनले खेलमा पूरै मनोरञ्जन लिएर नेपाली टोलीसँग केहीबेर कुराकानी समेत गरेका थिए । निकै हँसिलो मुद्रामा देखिएका पारस विरामी हुनुपूर्वको आवस्था भन्दा केही दुब्लाएका जस्ता देखिन्थे ।

हृदयघात भएपछि राम्रोसँग तङग्रीन नसकेका पूर्वयुवराज पारस नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा क्रिकेट खेल्न आएको थाहा पाएपछि क्रिकेट मैदान पुगेका हुन् । नेपाल आउने तयारीमा रहेका पारस एक्कासी नेपाली महिला क्रिकेट टोलीको खेल हेर्न उपस्थित भएपछि त्यहाँ पुगेका नेपाली पत्रकारको टोलीले समेत उनीसँग तस्वीर खिचाएका थिए ।

Read Full Discussion Thread for this article