Posted by: ThahaChaena February 11, 2014
Nepali student Samanata Shrestha murdered at Virginia Tech
Login in to Rate this Post:     0       ?        
भर्जिनिर्या, २८ माघ- अमेरिकाकामा एक नेपाली विद्यार्थीको हत्या भएको छ । भर्जिनिर्या टेक विश्वविद्यालयमा अध्ययनरत समानता श्रेष्ठको गत शनिबार हत्या भएको हो । श्रेष्ठको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।  हत्या के कति कारणले भयो भन्ने अझै सम्म कुनै जानकारी नभएको त्यहाँ स्थित ल्याक्सवर्ग प्रहरीले जनाएको छ ।
प्रहरीले श्रेष्ठको हत्याको अभियोगमा भर्जिनिया टेकका स्नात्तक तहका वरिष्ठ दुई विद्यार्थीहरू २२ वर्षीया जेसिका मिचेली इविङ र २३वर्षीय केइफर काइल ब्राउनलाई पक्राउ गरेको हो ।  इविङले हत्या गरेको र ब्राउनले सहयोग गरेको अभियोगमा जनाइएको छ । मोन्टगोमेरी काउन्टी जेनरल डिस्ट्रीक कोर्टले सामन्त श्रेष्ठको हत्याको अभियोगमा पक्राउ आदेश (अरेस्ट वारन्ट) जारी गरेको थियो । शनिबार देखापरेको यो हत्याको विषयमा आइतबार देखि गुप्तचरहरू अनुन्धानमा खटिसकेको ब्ल्याक्सबर्ग प्रहरीका लेफ्टिनेन्ट नाथन ओ डेलले जानकारी दिए । भर्जिनिया टेकका प्रवक्ता मार्क ओक्जास्र्कीले इविङ विश्वविद्यालयमा माछा विज्ञान मुख्य विषय र जैविक विज्ञान सहायक विषय लिएर अध्ययन गर्ने वरिष्ठ तहका विद्यार्थी भएको बताए ।यस्तै ब्राउन अगस्तको गर्मीयाममा धर्म तथा संस्कृतिमा स्नत्ताक गरेका थिए । मृतक श्रेष्ठ जैविक विज्ञान प्रमुख विषय लिइ अध्ययनरत बरिष्ठ तहका विद्यार्थी रहेको बाहेक उनको बारेमा अन्य केही खुलाइएको छैन् । श्रेष्ठ विगत चार वर्षदेखि एप्सिलोन सिग्मा अल्फासंस्थासँग आवद्ध रहेको जनाइएको छ । एप्सिलोन सिग्मा अल्फाका अध्यक्ष जेसिका डेनले श्रेष्ठको बारेमा केही बोल्न मानेका छैनन् ।
अन्तराष्ट्रिय मुद्रा कोषमा कार्यरत पिता मणिकलाल श्रेष्ठ र राइजिङग नेपालमा पूर्वकार्यरत् संचारकर्मी राजश्री श्रेष्ठकी छोरी एक मात्र छोरी हुन् । समानता अभिभावकसंगै भजिनिर्यामा बस्दै आइरहेकी थिइन्  । श्रेष्ठ दम्पतिमाथि यो दोस्रो पुत्री वियोगको दुःखद घटना हो । श्रेष्ठ दम्पतिको पहिलो छोरीको केही वर्ष पहिले नेपालमा नै मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । दुई सन्तानमध्ये दुवैको यसरी अल्पायुमा नै दु ःखद निधन भएपछि  सन्तान वियोगको पिडामा डुबेका छन् ।(source)

RIP SAMANTA .
I feel very sorry for her parents.
. My heartfelt condolense to her family.
Read Full Discussion Thread for this article